Logo

सर्वोच्चको फैसलालाई स्वागत गर्दै सप्तरीका विभिन्न स्थानमा मैनवती प्रज्वलन (फोटो फिचार)

Kanchan 24 २८ असार २०७८, सोमबार २१:१५ मा प्रकाशित

कञ्चनरुप ,असार २८ गते ।
सर्वोच्च फैसलाको स्वागत गर्दै नेपाल कम्युनिष्ट पार्टी (माओेबादी केन्द्र)सप्तरी , नेपाली काग्रेस सप्तरी सहितका विपक्षी चार दलीय गठबन्धनले संयुक्तरुपमा सदरमुकाम राजविराज सहित जिल्लाका विभिन्न स्थानमा दिप प्रज्वलन गरेका छन ।
संसद पुनःस्थापना भएको खुशियालीमा राजविराजस्थित गजेन्द्र चौक र दशन चौकमामा नेपाली कांग्रेस, जसपा, माओवादी केन्द्र र एमाले माधव पक्षले खुशियाली जुलुश निकालेर मैनवती प्रज्वलन समेत गरेका छन् । दिप प्रज्वलनमा नेपाली कांग्रेसका जिल्ला सभापति दिनेश कुमार यादव, माओवादी केन्द्रका नेता तथा पूर्व सिचाई मन्त्री उमेश कुमार यादव लगायतका नेता कार्यकर्ताहरु मैनवती प्रज्वलन गरेका छन् ।
यस्तै सप्तरीको कञ्चनरुप वेरीयरमा नेपाली काग्रेसकी नेता तथा संविधान सभा सदस्य मुन्नी कुमारी गुप्ता, नेपाली काग्रेस क्षेत्रिय स सभापति ललन प्रसाद गुप्ता तथा माओवादी केन्द्रका नेता सत्यनारायण चौधरी , माओवादी केन्द्रकै युवा नेता सरोज भण्डारी लगायतका नेता तथा कार्यकर्ताहरु सहभाी रहेका थिए ।
त्यस्तै सिराहाको लाहानमा पनि विद्यार्थीहरुको संयुक्त गठबन्धनले दिप प्रज्वलन गरेका छन ।

 


ताजा समाचार
ट्रेंडिंग समाचार