Logo

सप्तरीमा ३ यस जनालाई जग्गा धनी प्रमाण पत्र (लालपुर्जा ) वितरण

                     
Logo २८ असार २०७८, सोमबार २२:१४    

अम्विका दहाल

राजविराज,२८ असार ।

जिल्ला नापी कार्यलय सप्तरीले यस बर्ष अर्थात २०७८ सालमा आज पहिलो पटक ३ यस जनालाई गाउँ बल्क जग्गा धनी प्रमाण पत्र (लालपुर्जा ) वितरण गरेको छ ।

साविक गाविस वोरीया हाल राजविराज नगरपालिका वडा नं. १६ र विष्णुपुर गाउँपालिका वडा नं. ५मा गरि ३ यस जनालाई आज प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यबाट उद्धाटन गरी प्रमाण पुर्जा (लालपुर्जा) तिरण गरिएको हो ।

उक्त कार्यक्रममा जिल्ला नापी कार्यालय प्रमखु शत्रुधन यादव भने जुन सुकै जग्गा पनि पहिला पुर्जा नापीले दिने र अपुताली ,राजीनामा अंशबण्डा जस्ता हक हस्तान्तरण दाखिला खारिज गर्ने काम मालपोतले गर्ने गर्दछ र यो काम गरे पवात मालपोतले रकम दिने गर्दछ ।

उक्त जग्गा धनि पुर्जा वितरण कार्यक्रममा राजविराज नगरपालिका प्रमुख शम्भु यादव नगर उपप्रमुख विभिन्न राजनितिक दल जनप्रतिनिधीहरु समेतको उपस्थिती रहेको थियो । धनि पुर्जा वितरण कार्यक्रम निषेध आज्ञाका कारणले रोकिएको बताए ।


लोकप्रिय छुटाउनुभयो कि ?