Logo

कञ्चनरुपमा ९ जनाको परिक्षण गर्दा ५ जनामा कोरोना संक्रमण पुष्टि एकको अवस्था गम्भिर

                     
Logo २९ असार २०७८, मंगलवार १६:२८    

कञ्चनरुप , २९ असार ।

सप्तरीको कञ्चनरुप नगरपालिका विभिन्न वडामा आज ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत रासेवक यादवका अनुसार ९ जनामा कोभिड १९ चेक गर्दा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको भने वडा नं.का ३३ पुरुषकोे अवस्था गम्भिर भए पछि थप उपचारको लागी विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरान पठाइएको बताएका छन । अन्य संक्रमाण पुष्टि हुनेमा वडा नं.मा ६ की ३६ बर्षिय महिला र ४५ बर्षिय महिला , वडा नं. ११ मा का २६ पुरुष र ३५ महिला रहेका छन ।

संक्रमण पुष्टि भएका अन्य विरामीहरु होम आईसुलेशनमा रहको जनस्वास्थ्य अधिकृत यादवले जाएका छन । नगगरपालिकाले सञ्चालमा ल्याएको आईसुलेहनमा बस्न नमान्दा खोमिखम अझ बडने खातरा रहेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?