Logo

नागरिकता बनाउनका लागी ज्वाइँ लाईछोरा बनाई कीर्ते कागजात पेशागर्दे गर्दा ज्वाइँ ससुरा पक्राउ

Kanchan 24 ३१ असार २०७८, बिहीबार २१:२९ मा प्रकाशित

अम्विका दहाल
राजविराज ३१ असार।
एक भारतीय
ज्वाइँलाई छोरा बनाई जिल्ला प्रशासन कार्यालय, सप्तरीमा नागरिकता बनाउन आएका दुई जना पक्राउ परेका छन।
राजविराज नगरपालिका वडा नम्बर १५ देउरी भरुवाका वडाध्यक्षको हस्ताक्षर गरी जिल्ला प्रशासन कार्यालय, सप्तरीमा नागरिकता लिनका लागी कीर्ते कागजात पेश गर्ने क्रममा नक्कली पिता बनेका देबन यादव र देबनका छोरा बनेका ज्वाइँ भारतीय नागरिक शिबनन्दन यादवलाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए ।
शिबनन्दन आफ्नो छोरा भएको भन्दै देबनले वडा कार्यालयबाट सिफारिस लिएर नागरिकता बनाइदिन भन्दै बिहीबार जिल्ला प्रशासन कार्यालय पुगेका थिए । प्रशासकीय अधिकृतको टेबुलमा फायल आएकै समयमा उक्त फायलका कागजात किर्ते भएको भन्दै कसैले फोन गरेर पछि कार्यालयमै वडा अध्यक्ष रामप्रसाद यादवलाई बोलाएर सोधपुछ गर्दा उक्त सिफारीस आफुले नगरेको सिफारिस भएको हस्ताक्षर आफनो नभएको बताए पछि नागरिकता बनाउन आएका दुवैलाई पक्राउ गरिएको प्रशासकीय अधिकृत किशोर रामले बताए ।
पक्राउ परेका देवनका ज्वाइँ शिबनन्दनले आफू नेपाली नागरिक भएको दावी गरे पनि स्थानीयले भने उनी भारतीय नागरिक भएको बताएका छन् । यता थप अनुसन्धान भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।


ताजा समाचार
ट्रेंडिंग समाचार