Logo

सप्तरी प्रहरीले विभिन्न कसुरका फरार प्रतिवादी पक्राउ, चार करोड भन्दा बेसी राजश्व संकलन

Kanchan 24 २ श्रावण २०७८, शनिबार ०९:२७ मा प्रकाशित

अम्विका दहाल
राजविराज, २ साउन ।
अपराध नियन्त्रण तथा फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत एक वर्षको समया अवधीमा एक हजार बढी फरार अभियुक्तहरुलाई पक्राउ गरेको सप्तरी प्रहरीले पक्राउ गरेको छ ।
हिजो शुक्रकार उच्च अदालत जनकपुर राजविराज इजलासले आयोजना गरको २०७७ श्रावण देखी २०७८ असार ३१ गते सम्मको बार्षिक समीक्षा कार्यक्रममा उक्त जानकारी गराइएको हो ।
यस आर्थिक वर्षको असार मसान्तसम्ममा विभिन्न मुद्दामा अदालतबाट कैद सजाय तोकिएका १ हजार १ सय ४९ जना फरार प्रतिवादी पक्राउ परेका तथा फरार प्रतिवादी, अवैध मालसमान जफ्तबाट ४ करोड भन्दा बढी राजश्व संकलन भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक राजेन्द्र धमलाले जानकारी दिएका छन् । पक्राउ पर्ने फरार प्रतिवादीहरुमा फैजदारी अन्तरगतका २ सय १ र देवानीतर्फका ९ सय ४१ जना छन् । पक्राउ परेका फरार प्रतिवादीबाट २ सय ४२ वर्ष ५ दिन कैद वक्यौता तथा जरिवानाको वक्यौता १ करोड १९ लाख ५४ हजार ८ सय १६ रुँपैया असुली भएको उनले जानकारी दिए ।
भन्सार छली अवैध रुपमा भित्राइएका ३ करोड १७ लाख ५९ हजार १ सय ७६ रुँपैया बराबरको विभिन्न सरसमान जफत गरि तिलाठीस्थित राजविराज भन्सार कार्यालयमा बुझाइएको डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

Crime

ताजा समाचार
ट्रेंडिंग समाचार