Logo

राजबिराज उच्च अदालत बार एशोसिएसनका पदाधीकारीको सपथ ग्रहन तथा पदस्थापना

Kanchan 24 ५ श्रावण २०७८, मंगलवार १०:०४ मा प्रकाशित

राजविराज
राजबिराज उच्च अदालत बारको नयाँ कार्य समितिको पदस्थापना एवम प्रमाण पत्र वितरण गरेको छ ।
राजबिराज उच्च अदालत बार एशोसिएसन सोमबार एक कार्यक्रम गर्दे सपथ ग्रहन तथा पदस्थापन गर्दे नया पदाधिकारीहरुलाई राजबिराज उच्च अदालत का प्रमुख न्यायाधीश डिल्लीराम आचार्यले प्रमाणपत्र बितरण गर्नु भएको हो ।
मुख्य न्यायाधीश आचार्यले यस आर्थिक वर्षमा जिम्मेवारी सरेर आएको एक हजार ४७२ र नयाँ दर्ता एक हजार ७१९ गरी तीन हजार १९१ वटा मुद्दामा एक हजार चार सय मुद्दा फछर्््यौट भएको उहाँले जानकारी दिनुभयो । यस आर्थिक वर्षमा मुद्दा फछर््यौट लक्ष्य ६८.८९ रहेकोमा ४३.८७ प्रतिशत फछर््यौट भएको उहाँले बताउनुभयो । यस वर्षमा दुई वर्ष नाघेका ७७, १८ महिना नाघेका चार सय र एक वर्ष नाघेका १६८ वटा मुद्दा रहेको छ । त्यस्तै, मातहतका सप्तरी जिल्ला अदालतले जिम्मेवारी सरेर आएको चार हजार २७०, नयाँ दर्ता तीन हजार १६२ गरी कूल सात हजार ४३२ मुद्दामध्ये तीन हजार ३६ मुद्दा फैसला गरेको छ । यस अदालतमा चार हजार ३९६ मुद्दा फछ्र्यौट हुन बाँकी रहेको , दुई वर्षे मुद्दा फछ्र्यौट हुन एक हजार १४४ वटा मुद्दा रहेको छ । यसको फैसला प्रतिशत ४० प्रतिशत रहेको छ ।यसैगरी मातहतकै सिराहा जिल्ला अदालतमा जिम्मेवारी सरेर आएको तीन हजार आठ र नयाँ तीन हजार ५१८ गरी जम्मा छ हजार ५२६ मुद्दाबाट तीन हजार दुई सय फैसला भएको छ । तीन हजार ३२६ मुद्दा फैसला हुन बाँकी छन भने दुई वर्षे मुद्दा फैसला हुन बाँकी सङ्ख्या ४९२ वटा छन । अदालतले ४९.०३ प्रतिशत मुद्दा फैसला गरेको छ ।
सपथ ग्रहन तथा पदस्थापन कार्यक्रम राजबिराज उच्च अदालत का प्रमुख न्यायाधीश डिल्लीराम आचार्यको प्रमुख आतिथ्यमा तथा अध्यक्ष रामान्नद साहले गर्न भएको थियो ।

गत चैत २८ गते नेपाल बार एशोसिएशन राजबिराज–जनकपुर उच्च अदालतको कार्यसमितिमा अधिवक्ता भरत यादवको अध्यक्षतामा १३ सदस्य समिति निर्वाचित भएका थिए ।नवगठित समितिमा उपाध्यक्ष बाल कुमार ढुंगाना, सचिवमा मो. समीर अक्तर अलि, सह सचिवमा दानो कुमारी चौधरी र कोषाध्यक्षमा उपेन्द्र यादव रहेका छन् । यसैगरि समितिको सदस्यहरूमा अधिवक्ताहरु राम कुमार यादव, संतोष कुमार चौधरी, किसुन देव ठाकुर, गिरेन्द्र प्रसाद यादव, अनिल कुमार झा, प्रेम कुमार आले, जयप्रकाश साफी राज कुमार साह निर्वाचित भएका थिए भने रमानन्द साह पदेन सदस्य छन् ।


ताजा समाचार
ट्रेंडिंग समाचार