Logo

कमला नदमा आएको बाढीले धनुषातर्फको बाँध भत्काएर खेत कटान शुरु , बस्ती डुबानको खतरामा

Kanchan 24 ६ श्रावण २०७८, बुधबार १६:१० मा प्रकाशित

जनकपुरधाम, साउन ६ गते ।
कमला नदमा आएको बाढीले धनुषातर्फको सबैला नगरपालिका–१३, किरतपुर नजिक बाँध भत्काएर खेत कटान शुरु गरेको छ ।
बाढीले सबैला नगरपालिका–१३, किरतपुर नजिक बाँध भत्काएर खेत कटान शुरु गरेको कमला नदी नियन्त्रण आयोजना कार्यालयका प्रमुख एकराज भट्टराईले जानकारी दिएका छन् ।
बाँध करिब ३०० मिटर भत्किएको छ । बगर हुँदै धान खेततर्फ पानी गइरहेको छ । केही समयमा धान खेतमै पानी पुग्ने उनको भनाइ छ । बाँध बचाउन नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले प्रयास गरिरहेका छन् । प्लास्टिकको बोरामा माटो हालेर पानीलाई खोलातर्फ डो¥याउने प्रयास भइरहेको छ ।
करिब ६०० मिटर बाँध अझै जोखिममा रहेको उनले बताए । सबैला नगरपालिकाकै पर्टेबानजिकको बाँध पनि भत्किने अवस्थामा रहेको उनले जानकारी दिए ।
बाढीका कारण हुन सक्ने सम्भावित जोखिमबाट स्थानीयहरुलाई सतर्क गराइएको छ । बाँध भत्किएपछि धनुषाका पूर्वी क्षेत्रका गाउँहरू जोखिममा परेका छन् । स्थानीय त्रसित भएका छन् । बाढीले धनुषाको सबैला नगरपालिका, सहिदनगर नगरपालिका, कमला नगरपालिका र जनकनन्दनी गाउँपालिकाका गाउँहरु डुबानमा पर्ने जोखिम बढेको छ ।

#बाढी पहिरो

ताजा समाचार
ट्रेंडिंग समाचार