Logo

२ हजार ८ सय ३८ नयाँ थपिए, ३० जनाको मृत्यु

Kanchan 24 ६ श्रावण २०७८, बुधबार १७:४१ मा प्रकाशित

काठमाडौं, ६ साउन ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १,४१५ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । यस्तै सोही अवधिमा २,८३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले देशभर १२ हजार ६१६ जनाको नमुना परीक्षण गर्दा २,८३८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । यस्तै काठमाडौंमा ४९०, ललितपुरमा १२८ र भक्तपुरमा ७९ जना गरी ६९७ जनामा संक्रमण पुष्टि भएको उनले बताए । हाल देशका १२ जिल्लामा ५०० बढी सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ३० जनाको मृत्यु भएको छ । हाल देशभर संक्रमणबाट ९ हजार ६३७ जनाको मृत्यु भइसकेको छ भने कुल संक्रमितमध्ये ६ लाख ३६ हजार ४०२ जना निको भएका छन् । हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या ७ लाख २४ हजार ४५५ जना पुगेको छ ।


ताजा समाचार
ट्रेंडिंग समाचार