Logo

माधव पक्षलाई ओलीको आग्रह :आममाफी भो, अब विवाद छाडौं, पार्टी एकताको कुरा गरौं

Kanchan 24 ७ श्रावण २०७८, बिहीबार १६:३९ मा प्रकाशित

काठमाडौं, ७ साउन ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई फ्लोर क्रस गरेर मत दिनु अक्षम्य अपराध भएको बताएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाटो बिराएका नेताहरुलाई ‘आममाफी’ दिने घोषणा गरेका छन् ।
ओलीले असन्तुष्ट रहेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई फेरि एक पटक मिलेर अघि बढ्न आह्वान गरेका छन् । ललितपुरको च्यासलमा जारी केन्द्रीय कमिटी बैठकलाई आज ९बिहीबार० सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठलाई पनि सम्झिँदै उनले एमालेको विवादले आन्दोलन कमजोर भएको भन्दै मिलेर अघि बढ्ने प्रस्ताव माधव पक्षसँग राखेका हुन् । ‘हामी को कहाँ छौं, त्यो कुरा छाडिदिऊँ देश र जनताको कुरा गरौं’, उनले थपे, ‘अब विवाद छाडौं, पार्टी एकताको कुरा गरौं ।’
ओलीले नेपाल समूहलाई इंगित गर्दै अब बाटो बिराएर, भड्किएर नहिँड्न पनि आग्रह गरेका छन् । ‘बाटो बिराएका, भड्किएका साथीहरुलाई पनि आग्रह गर्छु । यस पार्टी र आन्दोलनको एकताका लागि आउनुस् सबैले मिलेर काम गरौं’, उनले भने, ‘एम्नेष्टी इज ग्रान्टेड, एमालेलाई एक बनाएर जाऊँ । कम्युनिष्ट आन्दोलनले, नेकपा एमालेले धेरै ठूलो क्षति व्यहोरेको छ । अब यसलाई रोकेर अघि बढौं ।’
उनले आफूलाई तत्कालीन नेकपा रहँदा गत वर्ष साधारण सदस्यबाटै निकालेको पनि स्मरण गरेका छन् । ‘गत वर्ष मलाई साधारण सदस्यबाट पनि निकाले, २०२९ सालमा पनि निकालेका थिए’, उनले भने, ’अब त्यो बाटोमा नजाऊँ, हामी सबै एकसाथ अघि बढौं ।’ नया पेजबाट


ताजा समाचार
ट्रेंडिंग समाचार