Logo

२ हजार ७ सत सय १४ नयाँ थपिए, २४ जनाको मृत्यु

Kanchan 24 ७ श्रावण २०७८, बिहीबार १७:१७ मा प्रकाशित

काठमाडौं, ७ साउन ।
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २ यस ८८ जना कोरोना भाइरस संक्रमित उपचारपछि निको भएका छन् । यो निको हुने यो दर ९४.५ प्रतिशत हो ।
पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय १४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा गरिएका १२ हजार ८ सय २९ नमूना परीक्षणमा २ हजार ७ सय १४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ९ हजार १ यस २२ नमूनाको पीसीआर र ३७ सय ७ नमूनाको एन्टिजेट विधिबाट परीक्षण गरिएकोमा पीसीआरबाट १ हजार ८ सय ५५ र एन्टिजेन विधिबाट ८ सय ५९ जनामा संक्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६ सय ९७ जना कोभिड संक्रमित थपिएका छन् । आज काठमाडौंमा ५ सय ३६, भक्तपुरमा ८५ र ललितपुरमा १ सय ३० जना संक्रमित थपिएका हुन् । योसँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या ७ सस ९ सय १२ प्रतिशतमा संक्रमण पुष्टि भएको छ ।
यस्तै बिहीबार कोरोनाबाट थप २४ जनाको मृत्यु भएको छ । योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ६ सय ६१ पुगेको छ ।


ताजा समाचार
ट्रेंडिंग समाचार