Logo

हिन्दू बिरोधी टिप्पणी गरेको भन्दै पुर्व प्रधानमन्त्री डा. भट्टराईको पुतला दहन

Kanchan 24 ७ श्रावण २०७८, बिहीबार १८:१२ मा प्रकाशित

राजविराज ।
पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले हिन्दुत्वविरोधी घृणा फैलाउने कार्य गरेको भन्दै विश्व हिन्दु परिषदका स्वयंसेवकहरुले सप्तरीको राजविराजमा भट्टराईको पुतला दहन गरेका छन।
भारत युपिका मुख्यमन्त्री योगी आतित्यनाथ विरुद्ध अभद्र टिप्पणी गरेको भन्दै विश्व हिन्दु परिषद नेपालका सदस्य तथा स्वयंसेवकहरुले भट्टराईको पुतलालाई नगर परिक्रमा गराउँदै राजविराजको नेता चौकमा पुत्ला दहन गरेका थिए ।
योगी आदित्यनाथले गंगा नदीमा दुध प्रवाह गरेको विषयललाई लिएर डा। भट््टराईले आफ्नो ट्विटमा ‘दुधलाई फाल्ने र मुतलाई पिउन सिकाउँछ भनेर अपशब्द लेखेको विषयलाई लिएर परिषदले पुतला दहन गरेको सगरमाथाको सह ईन्चार्ज जंग बहादुर सिंहले बताए ।


ताजा समाचार
ट्रेंडिंग समाचार