Logo

माओवादी सप्तरीले अनुशासनहिन गतिविधी गर्नेलाई स्पष्टिकरण सोध्दै कार्वाही गर्ने

Kanchan 24 ८ श्रावण २०७८, शुक्रबार २१:४४ मा प्रकाशित

राजविराज ।
नेकपा माओवादी केन्द्र, सप्तरीले पार्टीको केन्द्रीय तथा स्थायी समितिको निर्णय एवं अध्यक्ष पुष्पकमल दाहालको निर्देशन विपरित अनुशासनहिन गतिविधी गरिरहेकाहरुलाई अनुशासनको दायरामा ल्याउन स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।
पार्टीको जिल्ला कमिटिको शुक्रबार राजविराजमा बसेको बैठकले स्पष्टिकरण सोध्दै सम्बन्धित कमिटिहरुमा कार्वाहीका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।
जिल्ला पार्टी कार्यालय निर्माणका लागि राजविराज नगरपालिकाले वडा नम्बर ६ मा जग्गा उपलब्ध गराएकोमा नगरपालिकालाई धन्यवाद दिदैं बैठकले भवन शिलान्यासका लागि अध्यक्ष दाहाललाई बोलाउने जिम्मा जिल्ला अध्यक्ष उमेश यादवलाई दिइएको छ ।
यस्तै, कोरोना महामारी तथा बाढी पहिरो लगायत प्राकृतिक प्रकोपबाट मृत्यु भएकाहरुलाई श्रद्धाञ्जली दिदैं पीडित परिवारलाई संघीय र प्रदेश सरकारसँग राहतको प्योकज ल्याउन बैठकले माग गरेको छ ।
पूर्व जनमुक्ति सेनााका कम्पनी कमाण्डर शिबकुमार राम ‘देव’ को स्वास्थ्योपचारका लागि लाग्ने रकम पार्टीले व्यहोर्ने निर्णय समेत बैठकले गरेको छ ।
सम्पूर्ण स्थानीय तहका कमिटिलाई फेसबुक पेज संचालन गरी पार्टीका गतिविीलाई सामाजिक संजाल मार्फत् सार्वजनिक गर्न निर्देशन दिएको छ ।
आगामी स्थानीय तहहको निर्वाचनको सन्दर्भमा स्थानीय मुद्दाहरुलाई कमिटि प्रणाली मार्फत् संश्लेषण गर्न निर्देशन दिइएको अध्यक्ष यादवले बताए ।
बैठकले शनिबार नरबहादुर कर्माचार्यको आठौं स्मृति दिवस मनाउने निर्णय गरेको छ ।
स्थानीय तहको निर्वाचन पश्चात भएको कमिटि र पहिलाकै जनवर्गीय संगठनलाई मान्यता दिने निर्णय पनि बैठकले गरेको छ ।
बैठकले दलित मुक्ति मोर्चाको संयोजकमा प्रथमलाल राम, सह संयोजकमा बद्री सदा, थारु राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्षमा सत्यनारायण चौधरी, घाइते, अपांग योद्धा समाजका संयोजकमा शिब कुमार राम, शहीद वेपत्ता योद्धा समाजका संयोजकमा सुकदेव साहलाई चयन गरेको छ ।
पार्टीको तिरहुत गाउँपालिकाको संयोजकमा कपलेश्वर सरदार, सह संयोजक नारायण सेठ र बलराम महतो, सचिवमा अशोक यादव, महदेवा गाउँपालिका संयोजकमा सुरेन्द्र यादव, सचिवमा मोहम्द डोमनलाई जिम्मेबारी दिइएको छ ।
बैठकले स्थानीय तहको बैठक साउन १९ गतेसम्म सकिने, जनवर्गीय संगठनको जिल्ला बैठक र भेला भदौ दोस्रो हप्तासम्म सकिने मिति तय गरिएको छ ।
बैठकले प्रदेश २ सरकारको आन्तरिक मामिला तथा संचार राज्य मन्त्रीमा नियुक्त भएकी पार्टी नेतृ रुबी कर्णलाई सम्मान गरिएको छ ।
नेतृ कर्णलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
बैठक जिल्ला अध्यक्ष उमेश यादवको अध्यक्षतामा सम्पन्न भएको थियो । माईसंचार


ट्रेंडिंग समाचार