Logo

अन्तत : कक्षा १२ को परीक्षा ‘स्थगित , एसईई नतिजा सार्वजनिक चार लाख ८४ हजार २७८ उत्तीर्ण

Kanchan 24 २३ श्रावण २०७८, शनिबार १८:०९ मा प्रकाशित

काठमाडौं, २३ साउन ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को निर्धारित परीक्षा स्थगित गर्ने निर्णय गरेको छ। भने अब परीक्षा हुनुभन्दा १५ दिनअगाडि अर्को मितिबारे सूचना दिइनेछ।”
बोर्डको अहिले जारी बैठक सकिएपछि औपचारिक रूपमा निर्णय सार्वजनिक गरिने अधिकारीहरूले बताएका छन्। यसअघि शुक्रवार स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले बढ्दो कोरोनाभाइरस सङ्क्रमणबीच परीक्षा स्थगनका लागि शिक्षा मन्त्रालय तथा कोभिड(१९ सङ्कट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको जनाएका थिए।
राष्ट्रिय परीक्षा बोर्डले यही साउन ३१ गतेदेखि परीक्षा हुने गरी तालिका सार्वजनिक गरेको थियो। तर कोभिड महामारीबीच भौतिक उपस्थितिसहित परीक्षा सञ्चालन गराउने बोर्डको निर्णयप्रति धेरैले असन्तुष्टि जनाउँदै आएका छन्। केही दिनयता नेपालमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढ्न थालेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाउँछ। यसअघि र कोभिड(१९ सङ्कट व्यवस्थापन केन्द्रले निर्धारित परीक्षाबारे पुनर्विचार गर्न परीक्षा बोर्डलाई आग्रह गरेको थियो।
यता राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको प्रवेशिका परीक्षा ९एसईई० को परीक्षाफल आज ९शनिबार० प्रकाशित गरेको छ ।
जस अनुसार पाँच लाख १७ हजार १२२ जनाले परीक्षा फारम भरेकोमा चार लाख ८४ हजार २७८ उत्तीर्ण भएको परीक्षा नियन्त्रक कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिए ।
कोरोना भाइरसका कारण परीक्षा हुन नसकेपछि विद्यालयहरुले आन्तरिक मुल्यांकन गरी प्राप्तांक पठाएका थिए । सोही आधारमा परीक्षा नियन्त्रण कार्यालयले शनिबार परीक्षाफल प्रकाशन गरेको हो । एसईईको नतिजा वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिने छ । विभिन्न पाँचवाट फार्म र संस्थाबाट एसएमएसका माध्यमबाट र सात वटा फर्म तथा संस्थाबाट अनलाइनमा नतिजा हेर्न सकिने बोर्डले जानकारी दिएको छ ।
बोर्डले २०७७ सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा इजी सर्भिस प्रालिबाट ३४९४९ आकाश टेक प्रालिबाट ३१००३ र जानकी टेक्नोलोजी प्रालिमार्फत् ३५००१ मा एसएमएस गरेर हेर्न सक्ने र नेपाल टेलिकममार्फत १६०० एनसिएलबाट १६०० मा एसएमएस गरेर थाहा पाउन सक्ने व्यवस्था गरेको छ ।
त्यसैगरी बोर्डले २०७७ को एसईईको नतिजा विभिन्न फर्म र संस्थानबाट समेत सार्वजनिक गर्ने जनाएको छ । बोर्डले बोर्डको अफिसियल बेवसाइटबाट, नेपाल टेलिकम, द कनसेप्ट प्लस प्रा लि। इडियु सञ्जाल नेपाल टेलिकम, कान्तिपर डिजिटल कर्प प्रालि र एनसेलको वेबसाइटबाट सार्वजनिक गर्ने भएको छ ।


ट्रेंडिंग समाचार