Logo

आजको नाग पञ्चमी, यसको परम्परा र पौराणिक कथा

                     
Logo २९ श्रावण २०७८, शुक्रबार ०९:२१    

श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज (शुक्रबार) परम्पराअनुसार नागको पूजा गरी मनाइँदै छ ।

नागका बाह्र नाम भए पनि आठ कूलका आठ वटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख गरी आठ नागलाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ ।

आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्प लगायतका घिस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता छ ।

घरका मूलढोकामा नागको तस्वीर टाँसेर पूजा गर्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ ।

वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने अनिष्ट हुने भएकाले नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको धर्मशास्त्रका जानकारहरु बताउँछन् । आज बिहानैदेखि काठमाडौंको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरी लगायत देशभरका नागदह, कुण्ड, र नाग स्थानमा विशेषरुपमा पूजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटी लगायतका परिकार चढाउने गरिन्छ ।

वैज्ञानिक रुपमा प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्पलगायतका जीवले शोषण गरी मानवलगायत अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने अनुसन्धानबाट पुष्टि गरेपछि ऋषिमुनिले नागजातिको पूजाआजा गर्ने रीत बसालेको विश्वास छ ।

नेपालमा नाग प्रजातीको प्राचीनता

वास्तवमा काठमाण्डौ उपत्यका अर्थात नेपालमण्डललाई पाशुपत क्षेत्रको साथसाथै वासुकी क्षेत्र पनि भनिन्छ । आज पनि हिन्दू तथा बौद्ध पुरोहितहरुले धार्मिक कार्यमा वासुकीक्षेत्रे भनि शंकल्पवाक्य वाचन गर्दछन् ।

काठमाण्डौ उपत्यकाको उत्पति नागजाती संग जोडिएको मिथक छ । स्वयम्भू पुराण अनुसार काठमाण्डौ उपत्यका जलमग्न रहेको समयमा नागजातीले शासन गर्दथे । विभिन्न आख्यान्न अनुसार नागहरुलाई नै नेपालको प्रथम आदिबासी हुन् भनि मानिन्छ । हालको नागदहमा तक्षक,कुलिक र कर्कोटक नागको आ श्रयस्थल थियो । महा चीनबाट आउँनु भएका महा(मञ्जु श्रीले चोभारको पहाड ९कच्छवाल पहाड० काटेर पानी बाहिर निकाश गरे पछि सम्पूर्ण सर्पहरु पानी संगै बगेर बाहिर गए । पछि काठमाण्डौ उपत्यकाको रक्षाको लागि महा(मञ्जु श्रीले कर्कोटक नागलाई टौदह मै बस्ने आज्ञा दिए ।

हाल पनि टौदहमा विशेष जात्रा पर्वहरु मनाउँने परम्परा छ । प्राचीन सेनवंशावली अनुसार नेपालका मगरहरुलाई नागवंशी भनिएको पाईन्छ । वंशावली अनुसार पार्कोटका मगर राजाहरुको छोरी सेन राजाले विहे गरेको उल्लेख पाईन्छ । त्यस्तै भगवतकृत सेन वंशावलीमा नागभूपतिअप्तशोभा अर्थात नागराजाका ऐश्वर्यले सुहाएका भनी मगर राजाहरुलाई सम्बोधन गरिएको पाईन्छ । नागहरु सरल मानव प्रजाती हुन ।

त्यस अर्थ योगी नरहरीनाथले नास्ती अपराधौ सः नाग अर्थात जस्को कुनै अपराध गर्दैन त्यो नाग हो भनि नाग प्रजातीको सरलपनाको व्यख्या गर्नु भएको छ । पश्चिम नेपालमा स्थापना भएको खश राज्यका प्रथम शासक लाई पनि नागराज भनिएको पाईन्छ । यस बाट नेपाल सभ्यताको विकासमा नाग जातीको योगदान रहेको तथ्यलाई स्वीकार गर्न कर लाग्छ ।

नाग पञ्चमी पौराणिक कथा र आधुनिक आधार :भीमप्रसाद नेपाल

अनन्तोवासुकी पद्यो महापद्मश्य तक्षकः । कुलीर कर्कट शङ्ख चाष्टौं नागा प्रर्कीर्तिता ।।

आज साउन शुक्ल पञ्चमीको दिन हो । हिन्दुहरुका लागि यो पर्व पनि प्रसिद्ध मानिन्छ । किनभने घरका मूल ढोकामाथि नागका तस्वीरहरु विधिपूर्वक दही, दूवो, लावासहित चन्दन अक्षता नैवेध धूप दीप गरी पूजा गरेर घरमा टास्नाले मेघ र अग्निको भय हुदैन भनिन्छ । यस्तै प्रकारले धर्म शास्त्रमा बाह्रै महिना नागको पूजा गर्ने विधान पनि भेटिन्छ । नागहरु जलस्रोतका संरक्षक हुन । त्यति मात्र कहा हो र घर, इनार, कुवा, पोखरी, बनाउदा नाग नागिनीको प्रतिमा राखी पूजा गर्ने चलन छ । नागको पूजा अर्चना गर्नाले सर्प र चट्याङको भय नहुने अनि मुलुकमा सुख शान्ति एवम् समृद्धिको बर्षा हुने विश्वास गरिन्छ ।

नागपञ्चमीका दिन नागको पूजागरेर टास्नाले बर्षभरि घर–घरमा नागले दुस्ख दिदैनन् भन्ने विश्वास पनि गरिन्छ । नाग पूजाको प्रचलन बैदिककाल अघिदेखि नै चल्दै आएको र आर्यसमाजले जहाा जहाा रहे पनि यो क्रम आजसम्म कायमै राखेको देखिन्छ । हिन्दू धर्ममा नागलाई सर्पहरुका राजा भनिन्छ । पानी विना जीवहरु बाच्न सक्तैनन् । नागहरु रिसाए पानीको अभाव सिर्जना गरिदिन्छन् । त्यस्तो संकट नआवोस् भनेर पनि नागको पूजा गरिन्छ । नाग रिसाएर घर छाडी गएमा घरको जग नै पल्टिने वा घरमा दुस्ख दिने हुदा घरको शिलान्यास गर्दा नाग पूजा गर्ने चलन पनि रहेको छ ।

प्रमादले, इच्छाले, सर्पले डसेर कोही मर्‍यो भने दुबै पक्षको पञ्चमी तिथिमा नाग देवताको पूजा गर्ने चलन छ । पीठाको नाग बनाएर अथवा नागका शरीरको आकृति भूमिमा लेखेर सेता फूल, सुगन्धित चन्दन आदिले नागका आकृतिको पूजा गर्ने नियम छ । धुप दीप दिने अनि चामल, तील छर्किने, पिाधेको कााचो पीठो र दूधको नैवध दिने यदि शक्ति सामथ्र्य भए सुवर्णको नाग पूजा गरी आमन्त्रित व्यक्तिलाई प्रदान गर्ने त्यसपछि हात जोडेर नाग राजा प्रशन्न हुनुहोस् भनेर प्रार्थना गर्नाले नागहरुबाट कुनै पनि डर नहुने विश्वास छ ।

हिन्दुहरु नागलाई शिव र विष्णुका रुपमा पूजा गर्दछन् । शिवले नागको माला लगाएका छन् भने विष्णु जलमाथि शेष नागको शैयामा फणाको छाता ओढी सुतेका छन् । गणेशको एक हातमा नागवाण छ । कृष्णका दाजु बलराम र रामका भाई लक्ष्मण शेषनागका अवतार मानिन्छन् । कृष्णले बाल्यकालमै कालीय नागको दमन गरेको प्रसंग भागवत पुराणमा आउछ ।

बुद्धमूर्तिको शीरमा मुकुटका आकारको सर्पका आकृति छन् । जैन तीर्थङ्करहरुका शिरमा सर्पाकार मुकुट हुन्छन् । पाण्डुपुत्र अर्जुन र चन्द्र गुप्त द्वितीयले नाग कन्यासाग विवाह गरेका थिए । मत्स्येन्द्र नाथको घााटीमा कर्कोटक नागको माला छ । जुन घरमा नागको बास हुन्छ त्यो घरमा लक्ष्मीको निवास हुन्छ भन्ने विश्वास गरिन्छ । नागको शिरमा बहुमूल्य मणि हुन्छ । नागहरु श्रीखण्ड बढी मन पराउाछन् संगीत भनेपछि उनीहरु हुरुक्कै हुन्छन् । गर्मी महिनामा उनीहरु दूलोभित्र पस्ने र साउन शुक्ल पञ्चमी आजको तिथिमा बाहिर निस्कने हुादा बर्षा गराउनका लागि नागलाई प्रशन्न राख्नु आवश्यक छ । त्यसैले नाग पञ्चमीका दिन सबैले पूजा गर्ने चलन बसेको हो ।

आजको दिन खेतमा खनजोत गर्नुहुादैन र सर्प मार्नुपनि हुदैन भन्ने मान्यता रहेको छ । हाम्रो संस्कृति र सभ्यतामा सर्पहरुको पनि पूजा गरिन्छ । नागलाई पानी र बर्षाका देवता भनिन्छ । समयमा बर्षाहोस् र बर्षायाममा बाढीबाट जनधनको हानिनहोस् भन्ने दृष्टिकोणले नागको पूजा गरी नागपञ्चमी मनाउनु हाम्रो कृषि प्रधान देशका लागि आवश्यक मानिन्छ । नाग पञ्चमीका दिन नागलाई दूध खान दिई पूजा गर्ने पद्धति पनि छ । विभिन्न पूराना मठमन्दिर, देवालय–शिवालय आदिमा मन्दिरको माथि काठका तुाडालहरुमा नागको आकृति बनाएर नागजाति प्रति श्रद्धा र सद्भावना प्रकट गरिन्छ ।

‘शान्तकारं भुजग शयनं’ भन्दै सर्पहरुको विछ्यौना बनाई सुतेको भगवान विष्णु हुन् भने ‘संसार सारं भुजगेन्द्र हारम्’ सर्पको माला गलामा लगाउने भगवान शङ्कर हुन् । भगवान श्रीकृष्ण मथुरामा जन्मेपछि बासुदेव पिताश्रीले ढाकीमा राखेर गौकुल लैजादै गर्दा घनघोर बर्षा भएको थियो । त्यसबेला शेष नागले आफू छातावनी पानीबाट रक्षा गरेका थिए यो प्रसंग पुरणमा आउाछ । त्यस्तै प्रकारले भगवान श्रीकृष्णले गीतामा ‘अनन्तश्चास्मि नागानां सर्पाणामस्मि बासुकी’ भन्दै नागजाति सर्पप्रति भक्तिभाव प्रकट गरेका छन् । शिवले सम्मान गरेका छन् । यसकारण बैदिक, बौद्ध, जैन आदि धर्मका साथमा समेत नाग पूजाको समन्वय भएको पाइन्छ । गरुड पूराणले नाग पूजा गरेपछि सुख, शान्ति, समृद्धि र ऐश्वर्यको बृद्धि हुन्छ भनेको छ । नाग पञ्चमीका दिन नागको पूजा गर्नाले सर्पदंशबाट असामयिक मृत्युबाट बचाउ हुन्छ भने नागको पूजा अर्चना गरी पर्यावरणलाई समेत सन्तुलन राख्न सकिन्छ ।

महाभारतको कथा अनुसार ब्रह्माका दश पुत्रहरु मध्ये जेठा छोराको नाम मरीचिका कश्यप थियो । दक्ष प्रजापतिकी छोरी कद्रु र विनतासाग विवाह गरे । त्यसपछि कद्रुको गर्भबाट अनन्त, बासुकी, पद्म महापद्म, तक्षक, कुलीर, कर्कट, शंख आदि नागहरुको जन्मभयो । नागदेवताहरु क्षेत्र अर्थात भूमि विशेषका देवता मानिन्छन् । भूमिमा गाडेर राखिएको धनमाथि बसेर सो को रक्षा गर्ने नागलाई प्रसन्न तुल्याउन सके धन प्राप्त हुने विश्वास समेत गरिन्छ ।

अर्को कथा अनुसार जन्मेजयको नाग यज्ञसाग जोडिएको छ । सिकार खेल्न गएका राजा परीक्षित समाधिमा लीन भएका शमीक ऋषिलाई एउटा मरेको सर्पको माला लगाइ दिए पानी पिउन नपाएको कारण । त्यसपछि ऋषिको छोरा शृङ्गीले राजालाई जसले मरेको सर्प मेरा पितालाई लगाइदिए ती व्यक्तिलाई आजको सातौं दिनमा तक्षक सर्प जीवित भई डस्नेछ भनी श्राप दिए । त्यसपछि सर्प दंशबाट सातौं दिनमा परीक्षितको मृत्यु भयो । तर जतिखेर तक्षक उनलाई ढस्न९टोक्न० आयो । उनी चिन्तित भएनन् । उनी त जागृत, स्वप्न र सुषुप्ति यी तीनै अवस्थाबाट पर निर्विकार ब्रह्म रुप तुरीय अवस्थामा लीन पाए । राजाले धनुषको टुप्पोले मरेको सर्प उठाएर ऋषिका घााटीमा राखिदिएर आफ्नो राजधानी फर्केर आए । ऋषि पुत्रले कौशिकी नदीको जलले आफ्नो वाणी रुपी बज्र प्रयोग गरेर श्राप दिए ।

राजाको सानो गल्तीको लागि यत्रो ठूलो दण्ड रु तक्षकद्वारा आफ्ना पिताको मृत्यु सुनेर या देखेर जन्मेजय रिसले आगो भए र उनले सर्प यज्ञ गरे । सबै सर्पहरु अग्नि कुण्डमा परे तर तक्षक सर्पले आफू बच्न इन्द्रको शरण लियो अनि जन्मेजयले इन्द्रसहित तक्षकलाई हवन कुण्डमा आव्हान गर्नका लागि आज्ञा दिए । आज्ञा दिनासाथ इन्द्र तक्षकका साथ स्वर्गबाट खस्न थाले । त्यस बखत गुरु बृहस्पतिले जन्मेजयलाई अमृत पान गरेको तक्षकलाई हवनकुण्डमा जलाउनु शोभा दिादैन । त्यो तपाइका पिताको मृत्युको निमित्त मात्र हो तर मृत्यु त निमित्तले नै हुन्छ । सबै प्राणीले आ–आफ्नो कर्म अनुसार नै गति पाउादछन् । यो उचित छैन अब तपाइ यस यज्ञलाई यही बन्द गरिदिनुहोस् भनेपछि गुरुको आज्ञा अनुसार उनले सर्प यज्ञ बन्द गरे ।

सनातन धर्म र संस्कृतिमा सबै प्राणीको अस्तित्व सम्मानजनक छ । सर्पहरुलाई मारेर बदला लिनु सहअस्तित्वको विपरीत छ । आर्य संस्कृतिको प्रतिकूल छ । त्यस यज्ञमा सर्पहरु भष्म भइरहेका छैनन् अपितु आर्य संस्कृतिको मर्यादा नै भष्म हुदैछ । जन्मेजयले घृणालाई प्रेममा बदलेर देश देशान्तरमा नागहरुको पूजा र आदर होस् भन्ने राजाज्ञा जारी गरे । रामायणमा उल्लेख भए अनुसार रावण पुत्र इन्द्रजीत मेघनादले दशरथ पुत्र लक्ष्मणलाई नागवाण चलाएर बेहोस बनाएको थियो भनिन्छ । विष्णुका नवौं अवतार बुद्धलाई नन्द र अपनन्द नाम गरेका नागले रक्षा गरेको प्रमाण पाइन्छ । यस्तै प्रकारले बाबा गोरखनाथले सबै नागलाई आसन बनाइ तपस्या गर्न बसेपछि उपत्यकामा पानी पर्न सकेन र रातो मच्छिन्द्रनाथलाई ल्याएर उनलाई उठाएको भनाइ छ । मञ्जुश्रीले चोभारको डााडो काटेर उपत्यकाको पानी फाल्दा नागहरु पनि बगेर गएकाले पानी नपरेकोले टौदहमा कर्कट नागलाई स्थापना गरेपछि पानी परेको किंवदन्ती पाइन्छ भने नाग पोखरीमा मेला पनि लाग्दछ ।

तसर्थ उक्त विषयवस्तुका आधारमा के निष्कर्ष निस्कन्छ भने कालीय नागको त मुखमा मात्र विष छ तर हाम्रो त प्रत्येक इन्द्रिय र मनमा विष छ । काम, क्रोध, लोभ, मोह, राग, द्वेष आदि विकार नै हलाहल विष हुन् । जबसम्म बासनारुपी विषय मानव जातिमा रहन्छ तबसम्म भक्ति हुन सक्तैन । इन्द्रियको होइन इन्द्रियमा रहेका विषलाई नष्ट गर्नु पर्दछ । हाम्रो संकल्प विकल्प नै सर्पका फणा हुन् । मनभित्रको कालीय नाग रुपी शत्रुलाई दमन गरौं र शुद्ध बनौं । नैतिकवान बनौं, आदर्शवान बनौं, उपकारी बनौं सेवाही परमो धर्मको भावनालाई आत्मसात गरौं र परमात्माको चिन्तन गर्दै मानव जीवनलाई सफल बनाऔं ।

अन्त्यमा पारस्परिक प्रेम र सहअस्तित्वलाई चिरस्थायी बनाउने नेपाली संस्कृतिको चिनारी बनेको नागपञ्चमीका अवसरमा हामीले एक अर्काको अस्तित्व स्वीकार गरी देशमा समता, सद्भाव, स्थायी शान्ति र सुशासन कायम राख्नुपर्छ भन्ने सन्देश आज हामीलाई नाग पञ्चमी पर्वले दिइरहेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?