Logo

हाइटीमा ७.२ म्याग्निच्युटको भूकम्प ३०४को मृत्यु ,१८ सय भन्दा धेरै घाइते

Kanchan 24 ३१ श्रावण २०७८, आईतवार ०९:०७ मा प्रकाशित

३१ साउन, काठमाडौं । ।
हाइटीमा शनिबार शक्तिशाली ७.२ म्याग्निच्युटको भूकम्प जाँदा ३०४ जनाको मृत्यु भएको छ भने १८ सयजना घाइते भएका छन् ।
भूकम्पका कारण अहिलेसमम्म २७७ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
भूकम्पका कारण सयौं मानिस घाइते र बेपत्ता भएका छन् । हताहती हुने मानिसको संख्या बढ्न सक्ने बताइएको छ ।
राजधानी पोर्ट अफ प्रिन्सबाट एक सय ५० किलोमिटर पश्चिम केन्द्रबिन्दु बनाएर भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ सन् २०१० मा हैटीमा गएको शक्तिशाली भूकम्पबाट हजारौं मानिसको ज्यान जानुको साथै धेरै भौतिक संरचना नष्ट भएको थियो । ११ वर्ष अघिको भूकम्पको पुनःनिर्माण नसकि“दै फेरि अर्को शक्तिशाली भूकम्प गएको हो । विविसिको सहयोगमा


ट्रेंडिंग समाचार