Logo

अफगानी राष्ट्रपति र उपराष्ट्रपति देश छाडेर ताजिकिस्तानतर्फ भागे

Kanchan 24 ३१ श्रावण २०७८, आईतवार २१:०२ मा प्रकाशित

३१ साउन काठमाडौं,।
अफगानिस्तानका राष्ट्रपति असरफ घानी देश छाडेर भागेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । तालिवान लडाकुको धम्कीका कारण राष्ट्रपति घानी र उपराष्ट्रपति अमरुल्लाह सालेह ताजिकिस्तानतर्फ लागेको तोलो न्युजले उल्लेख गरेको छ । त्यहाँबाट उनीहरु अर्को मुलुकतर्फ जाने जनाइएको छ ।
रोयटर्सका अनुसार गृह मन्त्रालयका एक अधिकारीले पनि यो खबरलाई पुष्टि गरेका छन् । घानीका निकट सहयोगीहरुले देश छाडेका छन् ।
आज (आइतबार( दिउँसो कार्यवाहक रक्षामन्त्री बिस्मिल्लाह मोहम्मदीले राष्ट्रपतिले संकट समाधानको अधिकार राजनीतिक नेताहरुलाई सुम्पेको बताएका थिए ।
पछिल्लो दश दिनमा अफगानिस्तानका अधिकांश प्रमुख शहरहरु तालिवानले नियन्त्रण लिएपछि राष्ट्रपति घनीलाई राजीनामा दिन दबाब दिएको थियो । विद्रोही संगठन तालिवानले धम्की दिएपछि उनले देश छाडेको अफगानी अधिकारीलाई उधृत गर्दै बीबीसीले उल्लेख गरेको छ


ट्रेंडिंग समाचार