Logo

रेल्वे कम्पनीको महाप्रवन्धकमा सप्तरीका निरञ्जन झा नियुक्त

Kanchan 24 ४ भाद्र २०७८, शुक्रबार ०८:३० मा प्रकाशित

४ भाद्र कञ्चनरुप ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले नेकपा एमाले समाजवादीका नेता निरञ्जन झालाई रेल्वे कम्पनीको महाप्रवन्धकमा नियुक्ति दिएको छ ।
सप्तरीको सदरमुकाम राजविराज नगरपालिका वडा नम्बर १ निवासी युवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष समेत रेक झालाई बिहीबार बसेको मन्त्रिपरिषद बैठकले नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त महाप्रवन्धक झा राजविराज नगरपालिकाका एमाले समाजवादी पार्टी निकट नेता हुन।
यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका बेला पहिलो पल्ट गुरु भट्टराई महाप्रवन्धकमा नियुक्त हुनु भएको थियो । तर सरकार परिवर्तन सँगै भट्टराईलाई स्पष्टिकरण मागिएको थियो ।उनले स्पष्टिकर नदिई पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त थियो ।


ट्रेंडिंग समाचार