Logo

जनवादी गायक टुहुरेको निधन

Kanchan 24 १० भाद्र २०७८, बिहीबार १४:११ मा प्रकाशित

१० भfद| काठमाडौं .
जनगायक जुठबहादुर खड्गी -जेबी_ टुहुरेको निधन भएको छ । टुहुरेको ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारका क्रममा आज -बिहीबार_ निधन भएको हो ।
जनसांस्कृतिक महासंघका निवर्तमान अध्यक्ष सरल सहयात्रीका अनुसार संविधानसभा सदस्य समेत रहेका टुहुरेको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि दिउँसो साढे १ बजेदेखि २ बजेसम्म पार्टी कार्यालय पेरिसडाँडामा राखिने छ ।
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनवादी गायक जेबी टुहुरेको निधनले आफू स्तब्ध भएको सामाजिक सञ्जाल ट्विटरमार्फत प्रधानमन्त्री देउवाले स्वर्गीय टुहुरेको आत्माको चीर शान्तिको कामना गरेका छन् ।
उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ । टुहुरेको ‘आमा दिदी बहिनीको कति बस्छौं दासी भई’, बसाई हिंड्नेको ताँतीले बस्नेको मन रुवाउँछ’ लगायतका गीत चर्चित छन् । उनले १५० को हाराहारीमा प्रगतिशिल गीतहरु गाएका छन् ।


ट्रेंडिंग समाचार