Logo

सप्तकोशीमा नदीमा पानीको वहाव बडदा श्रीलंका टापु क्षेत्रमा कटान सुरु

Kanchan 24 १३ भाद्र २०७८, आईतवार १५:०४ मा प्रकाशित

१३ भाद्र , कञ्चनरुप
सप्तकोशी नदीमा पानीको वहाव २ लाख ५७ हजार ७ सय ९० क्यूसेक प्रतिसेकेण्ड पुगेको मापन गरिएको छ ।
कोशी ब्यारेज कन्ट्रोल कक्षका अनुसार नदीको बहाव बढेसँगै ब्यारेजका ३५ वटा ढोका खोलिएका छन । निरन्तरको वर्षासँगै केहि दिन यता कोशीको जलस्तर बढ्दो क्रममा रहेको छ । चतरामा समेत कोशी नदीको जलस्तर बढेको छ । जसका कारण समेत कोशी ब्यारेजमा गरिने पछिल्ला मापनमा वहाव थप बढ्ने आंकलन गरिएको छ ।
यसैबिच नदीको वहावमा उतारचढाव देखिदा श्रीलंका टापु क्षेत्रमा नदीले कटान थालेको छ । नदीमा आएको उतार चढावका कारण यस अघिको सातामै कटान लागेको सो क्षेत्रको कतिपय स्थानमा पूनः कटान सुरु भएको छ ।
गरैया टापुका २० घर परिवारलाई उद्दार गरी सुरक्षित स्थानमा सार्ने तयारी भैरहेको बताइएको छ ।


ताजा समाचार
ट्रेंडिंग समाचार