Logo

सुनसरीको गढी गाउँपालिका–१ का वडाध्यक्षको निधन

Kanchan 24 १७ भाद्र २०७८, बिहीबार ०९:०३ मा प्रकाशित

१७ भाद्र इनरुवा ।
सुनसरीको गढी गाउँपालिका–१ का वडाध्यक्ष शङ्करप्रसाद चौधरीको निधन भएको छ । उनको विराटनगरको विराट टिचिङ अस्पतालमा उपचारका क्रममा निधन भएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादवले बताए ।
चौधरी मुटुसम्बन्धी समस्याका कारण अस्पताल भर्ना भएका थिए । । चौधरी २०७४ सालको स्थानीयतहको निर्वाचनमा नेकपा (एमाले) का तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।
चौधरीका श्रीमती, एक छोरी र एक छोरा रहेका छन् । वडाध्यक्षको निधनमा गाउँपालिकाले आज शोक बिदा दिएको छ ।


ताजा समाचार
ट्रेंडिंग समाचार