Logo

कञ्चनरुप नगरपालिकालाई अदालतकोे अल्पकालिन अन्तरीम आदेश

Kanchan 24 २२ भाद्र २०७८, मंगलवार २१:१८ मा प्रकाशित

२२ भाद्र कञ्चनरुप ।
नगरपालिकाको १२ वडामा रहेको धारापानीमा निर्माण हुने भ्यू टावर ठेक्का विरूद्ध परेको रिटमा उच्च अदालत राजविराजले मंगलबार अल्पकालिन अन्तरीम आदेश जारी गरेकोे छ ।
अदालतले भाद्रं ३० गतेको पेशी तोक्दै नियामावली,२०७३को नियम ४२ (१)(क) बमोजिम अल्पकालिन अन्तरीम आदेश जारी गरेको हो ।
अल्पकालिन अन्तरीम आदेश भनिएको छ प्रमाण सहित सूचना म्याद पाएका मितिले बाटाको “म्याद«वाहेक १५ (पन्ध्र) दिनभित्र विपक्षी नं. ४. हकमा उच्च सरकारी वकील कार्यालय राजविराजमार्फत तथा विपक्षी नं. १, २ र३ को हकमा आफै वा आफ्नो कानून बमोजिमको प्रतिनिधि मार्फत र. अन्य विपक्षीहरुको लिखितजवाफ प्रस्तुत गर्नुहोला भनी प्रस्तुत निवेदन र आदेशको प्रतिलिपि साथै राखी प्रत्यर्थीहरुका नाममा म्याद, सूचना जारी गरी लिखितजवाफ परेपछ्लि वा तोकिएको म्याद, अवधि व्यतित भएपछि नियमानुसार पेश गर्नू भनि उल्लेख छ ।
यसमा विषय वस्तुको गम्भिर्यतालाई दृष्टिगत–गरी दुवै पक्षलाई राखी अन्तरिम आदेश दिने नदिने सम्बन्धमा डुङ्गोमा पुर्न उपयुक्त देखिँदा निवेदकलाई मिति २०७८।५। ३० गतेको पेशी तारेख तोकी उक्त अवधीसम्म ठेक्का सम्झौता नगर्नु नगराउनु भनी विपक्षीहरुका नाउँमा “उच्च अदालत नियमावली, त ’को नियम ४२ (१) (क) वमोजिम अल्पकालिन अन्तरमि आदेश जारी गरीदिएको भनि उल्लेख छ । सम्बन्धित कागजात सहित सो“छलफलमा उपस्थित हुनका लागि विपक्षीलाई समेत सूचना दिई नियमानुसार पेश गर्नू भनि अल्पकालिन अन्तरीम आदेश उल्ेख छ ।
नगरपालिकाको वडा नम्बर– १२ स्थित धारापानी क्षेत्र भित्र ७ करोड अनुमानित वजेटमा निर्माण हुने भ्यू टावर पूर्वधार निर्माण तथा संरक्षण कार्यको लागि विना विस्तृत परियोजना (डिपिआर) वतावरण तथा परियावरण (इआइई)र माटोको परिक्षण नगरी ठेक्का प्रक्रिया अगाडि बढाएको भन्दै कञ्चनरुप न.पा.८ का हरिहर वस्नेत र वडा नं.४ का ईनजिन्यर गयानन्द चौधरीले कञ्चनरुप नगरपालिका , नगरपालिकाका .निमित प्रमुख प्रशासकीय अधिकृत नवराज खड्का र जिल्ला वन कार्यालय सप्तरीलाई विपक्ष बनाई उच्च अदालत जनकपु राजबिराज ईजलाशमा रीट हालेका थिए ।
नगरपालिकाका योजना प्रमुख ईन्जिनियर शशिकान्त चौधरी र जिल्ला वन कार्यालय राजबिराज उपर समेत निषेधाज्ञा, उत्प्रेषण र परमादेशको रीट निवेदन दर्ता चएको थियो ।
बोलपत्र अनुसार तीन वटा फर्मले काम गर्न प्रसताव पेश गरेका थिए । करिब ५ करोडमा काम गर्न प्रस्ताव पेश गरेका दुुई वटा कम्पनीको क्यारेटऐरिया नपुुगेको भन्दै प्रतिस्पर्धाबाट हटाएर ९९ दशमलव २९ प्रतिशतमा काम गर्ने काठमाडौं स्थित कृतिक वर्क जोशी जेभी कम्पनीको प्रस्ताव स्वीकृत गर्ने प्रक्रियामा थियो ।


यता जिल्ला वन कार्यालयका जिल्ला वन अधिकृत संतोष कुमार झाका अनुसार बन क्षेत्र भित्र जे गर्ने भए पनि नेपाल सरकाको अनुमती लिएर मात्र का गर्नु पर्ने हुन्छ । वन क्षेत्र प्रयोग नगरि नहुने हो भने त्यस वाहेब अन्य विकल्प छैन भने त्यस आयोजनाबाट कुनै पनि वातावरणीय प्रतिकुल असर पर्दैैन भन्ने वातावरणीय रिपोटले देखएमा र नेपाल सरकारले त्यस क्षेत्र प्रयोगर्न भोगाधिकार दिएमा मात्र कार्य गर्न पाईन्छ । हैन भने हामी वन क्षेत्र भित्र हुने कुनै पनि कार्य गर्न दिदैनौ यदि नेपाल सरकारको अनुमनि विना कार्य गरेमा वन अपराध ऐन अनुसार कार्यवाही गर्ने अधिकृत झाले बताए ।


ट्रेंडिंग समाचार