Logo

एकदिने अध्यक्ष बनिन् मोरङको बुढीगंगा गाउँपालिकाकी १६ बर्षीया सुस्मिता ऋषिदेव

Kanchan 24 २९ भाद्र २०७८, मंगलवार १५:४९ मा प्रकाशित


२९ भाद्र बिराटनगर ।
मोरङको बुढीगंगा गाउँपालिकामा १६ बर्षीया सुस्मिता ऋषिदेवलाई एकदिने अध्यक्ष बनाईएको छ । ५७औं राष्ट्रिय बाल दिवसको अवसरमा गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझीले उनलाई एकदिने अध्यक्षको जिम्मेवारी लिखित रुपमै हस्तान्तरण गरेका हुन् ।
उनलाई आर्थिक र प्रशासनिक अधिकार बाहेक साङ्केतिक रुपमा अध्यक्षको जिम्मेवारी दिइएको हो । बुढिगंगा–२ सक्माकी सुस्मिताले गाउँपालिकाको सभाहलमा आयोजित समारोहमा अध्यक्षको पद बहाली गरेकी हुन् । पद बहाली लगत्तै उनकै अध्यक्षतामा कार्यपालिकाको बैठक समेत बसेको छ ।
बैठकले गाउँपालिकाको एउटा स्वास्थ केन्द्र र एक बिद्यालयको अनुगमन गर्ने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्मरुबल्लभ बरालले जानकारी दिए । निर्णयपछि अध्यक्ष ऋषिदेवको नेतृत्वमा अनुगमन समेत गरिएको छ ।
स्थानीय तहको शासकीय प्रबन्धबारे बालबालिकालाई जानकारी गराउने र उनीहरुकै सहभागीताको शुनिश्चित गर्ने उदेश्यले यस्तो अभ्यास गरिएको उनले बताए ।


ट्रेंडिंग समाचार