Logo

विराटनगर उच्च अदालत छेउमा एक व्यक्ति माथि खुकुरी प्रहार

Kanchan 24 १० आश्विन २०७८, आईतवार १८:०३ मा प्रकाशित

१० अश्विन, विराटनगर ।
इतबार उच्च अदालत विराटनगरको गेटे अगाडि युवा व्यवसायी ३२ वर्षीय कलामसिंह लामामाथि खुकुरी प्रहार भएको छ ।
उनको विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा उपचार भइरहेको छ । लामाको पेट, हात लगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ ।
काभ्रे घर भइ भक्तपुरको सूर्यविनायक नगरपालिका–८ मा बस्दै आएका लामा आइतबार बिहान मात्रै विराटनगर आइपुगेका थिए । मोरङको कटहरी गाउँपालिका–६ मा रहेको मोरङ राजधानी इँटा उद्योगमा लामाले दुई वर्षअघिदेखि लगानी गरेका थिए । उनले काठमाडौंमा सहकारी पनि सञ्चालन गर्ने गरेको पाइएको छ ।
खुकुरी प्रहार हुँदा लामासँग उनका साथी मोरङको कटहरी–६ का ४१ वर्षीय सुवास सरदार पनि सँगै थिए । घटना छुट्याउँदा उनको पनि शरीर र कपडा भरी रगत लागेको छ । सरदारले दुई जनाको संख्यामा रहेका युवाले खुकुरीले प्रहार गरेको बताए ।
लामाको लगानी रहेको मोरङको कटहरीको इँटा उद्योगका विषयलाई लिएर पछिल्लो समय विवाद भएको थियो । उद्योगमा दुई वर्षअघि मात्रै लामाले लगानी गरेका हुन् । प्रहरीका अनुसार त्यसअघि उद्योग मोरङको नोचाका मोहम्मद साजितको रहेको खुलेको छ । उद्योगमा साजित र उनकी श्रीमतीको ५०र५० प्रतिशत शेयर थियो । साजितले श्रीमतीको नाममा रहेको ५० प्रतिशत शेयर लामालाई बेचेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आधाआधा शेयर रहेको उद्योग नै पछि ५ वर्षका लागि लामालाई साजितले लिजमा दिएको पाइएको छ । त्यसवापत उनलाई लामाले वार्षिक ५० हजार थान इँटा दिने सर्तनामा थियो ।

# Crime

ताजा समाचार
ट्रेंडिंग समाचार