Logo

सप्तरीमा अध्यक्ष न्यौपाने बहुमत पदाधिकारीका साथ एकीकृत समाजवादीमा

Kanchan 24 ११ आश्विन २०७८, सोमबार १८:२६ मा प्रकाशित

११ आश्विन, राजविराज ।
नेकपा एमालेको सप्तरी जिल्ला कार्यसमितिका बहुमत पदाधिकारीहरु नेकपा एकीकृत समाजवादीमा रुपान्त्रीत भएका छन । सोमबार जिल्ला समन्वय समितिको कार्यालय राजविराजको सभाहलमा, आयोजित कार्यक्रममा एमालेका ७३ सदस्यीय जिल्ला कार्यसमिति मध्ये ४६ जनाले एकीकृत समाजवादी बहुमत कार्यसमिति सदस्यले एकीकृत समाजवादीमा रुपान्तरण भएका हुन ।
तत्कालीन एमालेका जिल्ला अध्यक्ष गोविन्द न्यौपाने, सचिव शम्भु यादव, सहसचिव प्रतापनारायण चौधरीसहितका पदाधिकारीले नेकपा एकीकृत समाजवादी रोजेका हुन् ।
नेकपा (एस) सप्तरी जिल्ला कमिटिको विस्तारित बैठक सप्तरी जिल्ला अध्यक्ष गोविन्द न्यैपाने सहित जिल्ला कमिटि सदस्य पदाधिकारी सहित १५१ सदस्य चयन गरेको छ ।


जिल्ला कमिटिको विस्तारित बैठकले २५ सदस्य सचिवालय मसेत गठन जनाइएको छ ।
नेकपा (एस)को सप्तरी जिल्ला अध्यक्ष गोविन्द न्यैपानेको अध्यक्षतामा, केन्द्रीय सचिव नागेन्द्र चौधरीको प्रमुख अतिथ्यता, नेकपा (एस) का पोलिटव्युरो सदस्य तथा प्रदेश अध्यक्ष रामचन्द्र यादवको विशिष्ट अतिथिता, स्थाई समिति सदस्य राम प्रित पासमान,केन्द्रीय सदस्य तथा अनेमसंघ समाजवादीकी उपाध्यक्ष उषा पोखरेल, केन्द्रीय सदस्य तथा पिपुल्स भोलिन्टयरका प्रदेश अध्यक्ष राजेश यादव, अनेमसंघ केन्द्रीय सदस्य अनार चौधरी, माधवी शाह, अनेमसं समाजवादीकै प्रदेश सदस्य सरु यादव, सरस्वति परियार, जिल्ला अध्यक्ष ममता चौधरी लगायतको अतिथ्यता र जिल्ला कमिटि सचिव शम्भु यादवको सञ्चालनमा सप्तरी जिल्ला कमिटि सदस्य पदाधिकारी सहित १५१ सदस्य सर्वसम्मतले चयन भयो ।


ताजा समाचार
ट्रेंडिंग समाचार