Logo

कंचनरुपमा सवारी दुर्घटनाहुँदा घाईते भएका एक युवकको मृत्यू ,दुईको अवस्था चिन्ताजनक

Kanchan 24 १५ आश्विन २०७८, शुक्रबार १८:४० मा प्रकाशित

१५ आश्निन कञ्चनरुप।
कंचनरुप नगरपालिका १२ स्थित धर्मेश्वर चौकमा बिहीबार सवारी दुर्घटनामा गम्भीर घाईते भएका युवकको उपचारका क्रममा मृत्यु भएको छ ।
जिल्लाको अग्निसाईर कृष्णासवरन गाउँपालिका ५ का ३५ बर्षीय नारायण राम बिहीबार सवारी दुर्घटनामा गम्भीर घाईते भएका शुक्रबार बिहान बिराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारको क्रममा मृत्यू भएको हो ।
सप्तरीको कंचनरुप नगरपालिका १२ स्थितपूर्व–पश्चिम लोकमार्ग अन्तर्गत धर्मेश्वर चौकमा बिहीबार स१च १६६३ नम्बरको पिकअप भ्यान दिउँसो २ बजे अनियन्त्रित भई दुर्घटना हुँदा पिकअपमा सवार मृतक रामसहित अग्निसाईर कृष्णासवरन गाउँपालिका ४ का संतोष बिक, वडा नम्बर १ का राम चन्द्र राम, वडा नम्बर ६ का २७ बर्षीय सुरेन्द्र ठाकुर गम्भीर घाईते भएका थिए ।
दुर्घटनामा घाईते तीनै जनाको बिराटनगरस्थित नोबेल अस्पतालमा उपचार भईरहेको तथा घाईते मध्ये बिक र रामको अबस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । पिकअप भ्यान र चालक ईलाका प्रहरी कार्यालय कंचनपुरको नियन्त्रणमा राखी आबश्यक कारबाही अगाडि बढाएको ईप्रका कंचनपुरका प्रमुख प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिनाले जानकारी दिए ।
पिकअप भ्यान सुनसरीको कोशी कटानबाट जितमहान बाबाको मुर्ती सेलाएर महुलीतर्फ आउँदै गरेको अबस्थामा दुर्घटना भएको प्रहरीले जाएको छ ।


ताजा समाचार
ट्रेंडिंग समाचार