Logo

सप्तरीका विभिन्न सामुदायीक विद्यालयका बाल शिक्षक र विद्यालयका कर्मचारीहरु आन्दोलित

Kanchan 24 १७ आश्विन २०७८, आईतवार ११:५२ मा प्रकाशित

राजविराज ।
बाल शिक्षक र विद्यालयका कर्मचारीहरुले आइतवारदेखि राजविराज नगरपालिकाको कार्यालय अगाडी अनिश्चितकालिन धर्ना बस्ने भएका छन । आन्दोलन संघर्ष समितिका पादाधिकारीहरुले राजविरामा शनिवार पत्रकार सम्मेलनमार्फत दोस्रो चरणको कार्यक्रम घोषणा गरेको पत्रकार सम्मेलनमा सार्वजनिक गरेका छन् ।
आन्दोलनरत शिक्षक र कर्मचारीहरुले तीन बुँदे माग राखेर समितिले यसअघि पहिलो चरणको आन्दोलन अन्तर्गत असोज ८ गतेदेखि विरोधका विभिन्न कार्यक्रम गर्दै आएका थिए । माग सम्वोधन नभएपछि दोश्रो चरणको आन्दोलत अन्तर्गत आइतवार विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म नगरपालिकाको कार्यालय अगाडी मुल गेटमा धर्ना बस्ने कार्यक्रम रहेको आन्दोलनतर संघ समितिका संयोेजक सुमित्रा दासले जानकारी दिइन् । ‘यद्यपी, हाम्रो धर्ना कार्यक्रमले पठन–पाठन कुनै किसिमको बाधा नहुने गरी कार्यक्रम गरिने उनले बताईन् ।
नेपाल सरकारद्वारा आर्थिक वर्ष २०७८÷०७९ को बजेट अनुसार सामूदायिक विद्यालयमा कार्यरत बाल शिक्षक र विद्यालय कर्मचारीहरुको तलब सुविधा उपलब्ध गराउनुपर्ने, सामूदायिक विद्यालयमा कार्यरत शिक्षकहरुको छुट प्राविधिक ग्रेड उपलब्ध गराउने माग रहेको छ ।
यसैगरी सामूदायिक विद्यालयमा कार्यरत भइ अनिवार्य अवकाश तहत सेवा निवृत भएका शिक्षकहरुको छुट प्राविधिक ग्रेड समेत उपलब्ध गराउनुपर्ने संघर्ष समितिले माग अघि सारेको छ ।
समितिका संयोजक दासले भन्न् िसप्तरीको १९ वटा स्थानीय तह मध्ये हनुमाननगर कंकालिनी नगरपालिका, सुरुङ्ग नगरपालिका र बोदे बरसाइन नगरपालिका तथा रुपनी गाउँपालिका, राजगढ गाउँपालिका, विष्णुपुर गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका र महादेवा गाउँपालिकाले शिक्षकको समस्या समाधानतर्फ अघि बढि सकेको उनले बताईन् ।
संयोजक दासले भन्न् िजिल्ला भरीमा बाल शिक्षक ६१९ जना रहेको छ भने विद्यालय कर्मचारीहरु ४१६ जना रहेको छ । ती मध्ये राजविराज नगरपालिका भित्र ७८ जना बाल शिक्षक र विद्यालय कर्मचारीहरु ४७ जना रहेको उनले पत्रकार सम्मेलनमा जानकारी दिईन् ।


उक्त पत्रकार सम्मेलनमा नेपाल शिक्षक महासंघ सप्तरीका अध्यक्ष दिनेश प्रसाद यादव, नेपाल शिक्षक संघ सप्तरीका अध्यक्ष शैलेन्द्र कुमार मण्डल, विद्यालय कर्मचारी परिषद् सप्तरीका अध्यक्ष भगवती प्रसाद चौधरी, नेपाल शिक्षक संघ संघीय समितिका महासचिव परशुराम यादव, नेपाल राष्ट्रिय शिक्षक संगठन सप्तरीका उपाध्यक्ष वैजनाथ यादव, नेपाल शिक्षक संघ राजविराज नगरपालिकाकी अध्यक्ष विभा झा, नेपाल शिक्षक संघका सचिव विश्वनाथ भदेशवार यादव, राष्ट्रिय शिक्षक मञ्च सप्तरीको प्रतिनिधि चुनचुन यादव लगायतको उपस्थिती रहेको थियो


ताजा समाचार
ट्रेंडिंग समाचार