Logo

विराटनगरबाट २८ वटा मानव खप्पर र १० वटा हातखुट्टाको हड्डी बरामद

Kanchan 24 २० आश्विन २०७८, बुधबार १३:४५ मा प्रकाशित

२० आश्विन ,विराटनगर ।
सशस्त्र प्रहरीले विराटनगर १५ रानीस्थित २ नम्बर ढाट नजिकबाट २८ वटा मानव खप्पर र १० वटा हातखुट्टाको हड्डी बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ कंकालनी गणका गणपति तिर्थ पौडेलका अनुसार सशस्त्र प्रहरीको टोलीले रानीस्थित २ नम्बर ढाट नजिक को२च ९६४८ नम्बरको भ्यान वेवारिसे अवस्थामा देखेको र शंका लागेर जाँच गर्दा २८ वटा मानव खप्पर र हातखुट्टाको १० हड्डी मंगलबार बरामद भएको छ ।
रातको समयमा भारतको जोगवनीबाट को २ च ९६४८ नम्बरको मारुती भ्यान ती सामग्री बरामद भएको थियो । कछुवाको ढाडको हड्डी र वन्यजन्तुको नली खुट्टा भएको अनुमान गरेपनि वन्यजन्तु विज्ञ र चिकित्सकले मानव अङ्ग भएको बताएका थिए ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख जनार्दन जिसीले मानव खप्पर र हड्डी कसले ल्याएको, कसको गाडी प्रयोग भएको र केका लागि यसको तस्करी भइरहेकोलगायतको बारेमा अनुसन्धान भइरहेको र अनुसन्धानपछि मात्रै केही भन्न सकिने बताउनुभयो ।
मानव हड्डीको प्रयोग धामी–झाक्रीले बेला बेला प्रयोग गर्छन् । तर ठूलो परिणाम भेटिएकाले प्रहरीले चीततर्फ तस्करी गर्न खोजेको बताएको छ । प्रहरी उपरीक्षक जिसीका अनुसार विगतमा चीनतर्फ यस्ता सामग्री तस्करी भएको थियो । जिसीले विस्तृत अनुसन्धान सकिएपछि थप विषय खुल्ने बताए ।
मान्छे मरेपछि आआफ्नो जातीय रीतिरिवाजअनुसार दाहसंस्कार गर्दा शवलाई जलाउने र जमिनमा गाड्ने गरिन्छ । शव गाडेको चिहान खोतलेर मानव खप्पर र हड्डी सङ्कलन गरेको हुनसक्ने प्रहरीले बताएको छ । यसरी संंकलन गरिएका सामग्री किन र केका लागि तस्करी हुन्छ भन्ने खुलेको छैन ।


ताजा समाचार
ट्रेंडिंग समाचार