Logo

मविब क्याम्पस राजबिराजमा ३१ सदस्यीय क्याम्पस इकाई कमिटी गठन

Kanchan 24 २२ आश्विन २०७८, शुक्रबार १७:१६ मा प्रकाशित

रवी राय
२२ आश्विन ,राजबिराज ।
नेकपा एकीकृत समाजवादी निकट विधार्थी संगठनले महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजबिराजमा ३१ सदस्यीय क्याम्पस इकाई कमिटी गठन भएको छ । रयन राय अध्यक्ष रहेको कमिटीमा उपाध्यक्ष चाँदनी चौधरी ,सचीवमा पप्पु यादव ,सह(सचिवमा अञ्जली चौधरी र कोषाध्यक्षमा अस्मिता मण्डल रहेकि छन् ।
कार्यक्रमककि प्रमुख अतिथि अनेरास्ववियु पुर्व सचिवालय सदस्य तथा अनेमसँघ जिल्ला अध्यक्ष ममता कुमारी चौधरीले विधार्थीहरु देशका महत्त्वपूर्ण अङ्ग रहेको र समाजमा रहेका धेरै प्रकारका बिकृतिहरुलाई चिर्दै समाज परिवर्तन गर्न अघि बढ्नुपर्ने बताउनु भयो। उहाँले छोरा वा छोरी जन्मदा आमालाई उत्तिकै पिडा हुने तर जन्मेपछी महिला ,पुरुष ,मधेसी ,दलित भनी छुट्याइने बिभेदको अन्त्य गरि समाज लाई शिक्षित र सभ्य बनाउने तर्फ लाग्न आग्रह गरे । समाज र देशका मुद्दामा एकजुट भई लागे परिवर्तन अबस्य रहेको बताए ।
त्यस्तै प्राध्यापक सुरेन्द्र प्रस्ताव गुप्ताले अखिल नेपाल रास्ट्रिय स्वतन्त्र विधार्थी यूनियन भनेको यो समाज र देशको अगुवा गर्ने संगठन रहेको र यो रक्त रन्जित झणडामुनि गोलबन्द रहि आफ्नो आत्माबल बलियो बनाई अगाडी बढ्न र देशमा परिवर्तन ल्याउने जिम्मा बिधार्थिको काधमा रहेको बताउनु हुँदै क्याम्पसको शिक्षाको गुणस्तर बढाउन, समयमा शिक्षकले अध्यापन गरेको वा नगरेको कुरा पत्ता लगाई त्यसमा सुधार ल्याउने काममा पहल गर्नुपर्ने बता बताए ।
त्यसैगरि अर्का सह( प्राध्यापक सुशील कर्णले विधार्थीहरुको मुख्य काम पढाई भएकोले पहिले त्यसलाई प्राथमिकता दिनुपर्ने र किताब बोकेर क्याम्पस धाउदैमा फाइदा नहुने र अध्ययन पछी आफुले प्राप्त प्रमाण(पत्र को प्रयोग हुनु जरुरी छ भने र पछिल्लो समय विधार्थीहरुको पठनपाठनमा पनि कमी आएको बताए । विधार्थीले अध्ययन पछी ज्ञान प्राप्त प्रमाण( पत्रको उपयोग गर्नसके मात्र अध्ययनको सार्थकता रहेने बताए ।
त्यस्तै अर्को बक्ता नेकपा एकीकृत समाजवादी पार्टीका कार्यवाहक अध्यक्ष प्रताप नारायण चौधरीले शिक्षा बिना समाजको भबिस्य अन्धकार हुने र शिक्षा बिना देश परिवर्तन असम्भव रहेको बताए ।
त्यस्तै बक्ताहरुमा युवासँघ नेपालका जिल्ला अध्यक्ष आनन्द यादव , नेपाल पत्रकार महासँघकी महिला उपाध्यक्ष अम्बिका दहाल लगायतले मन्तव्य दिनुभएको थियो । वि।एस।सी । प्रथम वर्षमा प्रवेश नब आगन्तुक विधर्थीहरुको स्वागतका लागि क्याम्पसको हलमा राखिएको उक्त कार्यक्रमको अध्यक्षता म। वि। व। क्याम्पस कमिटीका अध्यक्ष सुनिल कुमार झा ( चन्दन) ले गरेका भने कार्यक्रमको संचालन अनेरास्ववियु केन्द्रिय उप( महासचिव रबि रायले गरेका थिए ।


ताजा समाचार
ट्रेंडिंग समाचार