Logo

प्रहरी हिरासतमा थुनुवाको मृत्यु भएपछि इनरुवा तनावग्रस्त

Kanchan 24 २४ आश्विन २०७८, आईतवार १३:२३ मा प्रकाशित

२४ आश्विन ,इनरुवा ।
प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय परिसर तनावग्रस्त बनेको छ।
मृतकका आफन्तसहित ठूलो संख्याको भीडले प्रहरीमाथि आक्रमण थालेपछि झडप हुदा कम्तीमा १२ जना घाइते भएका छन्। प्रहरी कार्यालय र परिसरका संरचनामा क्षति पुगेको छ।
प्रहरीले प्रदर्शनकारीलाई लखेट्न आधा दर्जन बढी अश्रुग्यास प्रहार गरेको छ। प्रदर्शनकारीले प्रहरीले सुनियोजित रुपले थुनामा रहेका व्यक्तिको हत्या गरेको भन्दै शव नबुझ्ने बताएका छन्। उनीहरुले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख डीएसपी सञ्जयसिंह थापाले सीसीटीभी क्यामेरामा स्पष्ट हात्महत्या गरेको देखिएकाले प्रहरीमाथि आक्षेप लगाउनु उचित नहुने बताए। उनले घटना अनुसन्धानका क्रममा रहेकाले छानबिन हुने बताए।
प्रहरीले प्रदर्शनकारीलाई हटाउन पटकपटक प्रयास गरे पनि उग्र बनेको समूह प्रहरीमाथि जाई लागेको थियो। कार्यालय र इनरुवा बजार क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।
प्रहरीका अनुसार अभद्र व्यवहार मुद्धामा पक्राउ परेका भोक्राहा ५ का मोहम्मद हकिम साह अनुसन्धानका क्रममा थुनामा थिए। पीडित पक्षले भने केटाकेटी राजीले भागेको विषयमा राजनीति लादिएको बताएका छन्। उनीहरुले केटीलाई परिवार पक्षले छुटाएर लगेको र अभद्र व्यवहारमा मुद्दा चलाइएकोमा थुनामै मृत्यु हुनु सुनियोजित रहेको दाबी गरेका छन्।


ताजा समाचार
ट्रेंडिंग समाचार