मुख्य समाचार
रूपनगरमा न्यायाधीश र विद्यार्थीबीच कानुनी साक्षरतासम्बन्धी अन्तर्क्रिया | सप्तकोशीमा अपाङ्गता भएका ४० जनालाई सहायक सामग्री वितरण | हटैलमा लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम सम्पन्न | सप्तरीका पत्रकारले सरकारी विज्ञापन नीति विरुद्ध प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाए | सम्पादक पोखरेलसहित विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित | प्रजातान्त्रिक आन्दोलनका योगदानकर्ताको सम्मान अपरिहार्य : सभामुख यादव | तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता | खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना |
मुख्य समाचार
रूपनगरमा न्यायाधीश र विद्यार्थीबीच कानुनी साक्षरतासम्बन्धी अन्तर्क्रिया | सप्तकोशीमा अपाङ्गता भएका ४० जनालाई सहायक सामग्री वितरण | हटैलमा लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम सम्पन्न | सप्तरीका पत्रकारले सरकारी विज्ञापन नीति विरुद्ध प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाए | सम्पादक पोखरेलसहित विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित | प्रजातान्त्रिक आन्दोलनका योगदानकर्ताको सम्मान अपरिहार्य : सभामुख यादव | तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता | खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना |


हाम्रो विद्यालय शिक्षा : गुणस्तर किन कमजोर ?

Kanchan24 316+ समाचार ( )
९ श्रावण २०८१, बुधवार

पृष्ठभूमि

नेपालको विद्यालय शिक्षा प्रणालीमा पछिल्ला केही दशकमा महत्वपूर्ण उपलब्धि हासिल भएका छन् । हाम्रो विद्यालय शिक्षाको मुख्य उद्देश्य देशका सबै बालबालिकालाई गुणस्तरीय शिक्षा दिनु हो । अनेक योजना, कार्यक्रम, थुप्रै लगानी लगायतका प्रयास गरिएका भए पनि विद्यालय भर्ना, विद्यार्थीहरूले बीचैमा विद्यालय छाड्ने दर र शिक्षाको गुणस्तरमा धेरै चुनौती अझै पनि कायम छन् ।

 यो आलेखमा हाम्रो शिक्षा प्रणालीको वर्तमान अवस्थाको विहङ्गम् विश्लेषण गर्ने प्रयाश गरिएको छ । विद्यालयमा बालबालिकाको भर्ना दर, विद्यालयमा पढ्ने विद्यार्थीहरूको लैङ्गिक अनुपात, विद्यालय छाड्ने प्रवृत्ति, सरकारको लगानी र कक्षा एक देखि कक्षा १२ सम्मका विद्यार्थी पढ्ने विद्यालय शिक्षाको गुणस्तर जस्ता पक्षमा यो लेखमा विश्लेषण गरिएको छ ।

 १. विद्यालय भर्नाको स्थिति

सार्वजनिक रूपमा उपलब्ध पछिल्लो तथ्याङ्क अनुसार, नेपालमा कक्षा १ देखि १२ सम्मको विद्यालय भर्ना संख्यामा, अघिल्लो दशकको तुलनामा उल्लेख्य वृद्धि भएको छ । शिक्षा, विज्ञान, तथा प्रविधि मन्त्रालयका अनुसार, विद्यालय शिक्षा अन्तर्गत कूल भर्ना संख्या लगभग ७५ लाख विद्यार्थी छ । अर्थात् नेपालका सबै विद्यालयमा गरी जम्मा ७५ लाख विद्यार्थी भर्ना भएका छन् । यो तथ्याङ्कमा सरकारी स्वामित्वका सार्वजनिक र निजी विद्यालय दुबै प्रकारका विद्यालयहरू समावेश छन् । यी मध्ये प्राथमिक तहमा (कक्षा १ देखि ५ सम्म) मा भर्ना भएका बालबालिकाहरूको संख्या माथिल्ला कक्षाहरूमा भन्दा वढी छन् ।

 २. विद्यालय भर्नामा लैङ्गिक अनुपात

विद्यालय भर्नामा लैङ्गिक अनुपातमा असमानता देखिन्छ । तर, पछिल्ला वर्षहरूमा गरिएका विभिन्न प्रयासको परिणाम स्वरूप छोरा र छोरीको भर्ना अनुपातमा तुलनात्मक रूपमा समानता आउँदै गएको पाइन्छ । छात्र र छात्राको विद्यालय भर्नाको वर्तमान अनुपात १:०.९७ छ । अर्थात्, १०० छात्र विद्यालय भर्ना भएकोमा ९७ जना छात्रा भर्ना भएका छन् । केही वर्ष अघिको स्थिति सँग तुलना गर्ने हो भने यो तथ्याङ्क निक्कै उत्साहजनक छ । यही क्रम जारी राख्न सकियो भने यो स्थितिमा अझै सुधार ल्याउन सकिन्छ । विद्यालयमा पढ्ने विद्यार्थीहरूमा छोरा र छोरी बराबर हुन्, दुबैको पढाइ गुणस्तरीय होस् भन्ने हाम्रो चाहना भावि दिनमा पूरा हुनेछ भन्ने आशा गर्न सकिन्छ ।

 ३. विद्यालय छाड्ने दर र प्रवृत्ति

बालबालिका विद्यालय भर्ना हुने संख्या वृद्धि हुँदै गए पनि, पढाइ पूरा नगरी बीचैमा विद्यालय छाड्ने दर चाहिँ हाम्रो विद्यालय शिक्षामा चिन्ताको विषय बनेको छ । प्राथमिक तहमा बीचैमा पढाइ छाड्ने दर करिब ५ प्रतिशत छ भने माध्यमिक तहमा यो दर १५ प्रतिशत रहेको सरकारी तथ्याङ्कमा देखिन्छ । बीचैमा पढाइ छाड्ने प्रवृत्ति सम्बन्धी तथ्याङ्कले शहरका विद्यालयहरूको तुलनामा गाउँमा पढाइ छाड्ने दर वढी भएको देखाउँछ । अझ चिन्ताको विषय त विद्यालय बीचैमा छाड्ने प्रवृत्ति छोराहरूमा भन्दा छोरीहरूमा वढी छ । माध्यमिक तहमा यो दर अझ धेरै रहेको तथ्याङ्क युनिसेफको एउटा प्रतिवेदनले देखाउँछ ।

 ४. विद्यालय छाड्ने कारणहरू

पढाइ पूरा नगरी बीचैमा विद्यालय छाड्ने प्रवृत्तिका लागि विभिन्न कारण जिम्मेवार देखिन्छन् :

·       आर्थिक समस्या : गरीब वर्गका अभिभावकले आफ्ना बच्चाहरूको शिक्षासँग सम्बन्धित खर्चहरू, जस्तै पोशाक, कापी कलम, र यातायात खर्च धान्नै सक्तैनन् ।

·       बाल श्रम : विशेष गरी ग्रामीण क्षेत्रमा परिवारको कमजोर आर्थिक अवस्थाका कारण बालबालिकाले समेत काम गर्नु पर्ने बाध्यता छ । दिनभरी काम गरेर कमाउनु पर्ने हुनाले बालबालिका विद्यालय जान पाउँदैनन् र उनीहरूको पढाइ बीचैमा रोकिन्छ ।

·       बाल विवाह : हाम्रो सांस्कृतिक परम्परा र सामाजिक दबावका कारण विशेष गरी छोरीहरूको सानै उमेरमा विवाह गरी दिने चलन व्याप्त छ । विद्यालय बीचैमा छाड्ने यो पनि एउटा कारण बनेको छ ।

·       संरचनाको कमी : विद्यालयमा सुविधाको अपर्याप्तता र विद्यालय घरबाट टाढा हुनु बीचैमा पढाइ छाड्नु अर्को कारण देखिएको छ ।

·       शिक्षाको गुणस्तर : शिक्षामा खस्कँदो गुणस्तर, समय अनुसारको आधुनिक शिक्षण विधिको अभाव, प्रविधिको प्रयोग नहुनु जस्ता कारणले पनि विद्यार्थीहरूमा पढाइ प्रति चासो कम भएको छ र अन्ततः विद्यालय छाड्ने प्रवृत्ति बढ्छ ।

 ५. विद्यालय शिक्षामा सरकारी लगानी

नेपाल सरकारले विद्यालय शिक्षा क्षेत्रमा लगानी बढाइरहेको छ । माध्यमिक तह सम्मको विद्यालय शिक्षामा ठूलो लगानी छुट्याइएको छ । सन् २०२३/२४ को आर्थिक वर्षमा, सरकारले शिक्षा क्षेत्रलाई करिब १८० अर्ब रुपैयाँको वजेट छुट्याएको छ । यो लगानीको उद्देश्य संरचनामा सुधार गर्ने, छात्रवृत्ति दिने, र शिक्षक तालिम कार्यक्रमलाई सुदृढ गर्ने हो । यद्यपि, यी लगानीहरूको प्रभावकारिता अहिले पनि बहसको विषय बनेको छ । कतिपय शिक्षा विद् यति लगानी अपुग भएको भन्दैछन् ।

 ६. शिक्षाको गुणस्तर

नेपालका माध्यमिक विद्यालयको शिक्षाको गुणस्तरको हिसाबले सरकारी स्वामित्वका सार्वजनिक विद्यालय र नाफा कमाउन खोलिएका निजी विद्यालयका बीचमा ठूलो भिन्नता देखिन्छ । निजी विद्यालयहरूमा सामान्यतया राम्रो भौतिक सुविधा उपलब्ध गराएर अभिभावकलाई आकर्षित गरिन्छ । सरकारी विद्यालयमा जत्तिको योग्य, तालिम प्राप्त र दक्ष शिक्षक नभए पनि निजी विद्यालयहरूले परीक्षामा राम्रो परिणाम ल्याउन शिक्षकहरूलाई वढी मेहनत गराउँछन् र सिक्ने वातावरण अनुकूल बनाउँछन् । तर अधिकांश सार्वजनिक विद्यालयहरू अपर्याप्त स्रोत, धेरै विद्यार्थी संख्या, शिक्षकहरूमा जिम्मेवारीबोधको कमी, विद्यालयमा राजनीतिकरण जस्ता समस्याले ग्रस्त पाइन्छ । यस्तो स्थितिमा निजी विद्यालयले परीक्षामा राम्रो परिणाम ल्याउँछन् र सार्वजनिक विद्यालयका विद्यार्थी उतीर्ण हुने प्रतिशत जहिले पनि निक्कै कम हुने गरेको छ ।

 ७. सरकारी र निजी विद्यालय बीच उतीर्ण प्रतिशतको तुलना

पछिल्ला पाँच वर्षमा, माध्यमिक शिक्षा परीक्षामा (SEE) उतीर्ण प्रतिशतमा निजी विद्यालय सरकारी विद्यालयको तुलनामा धेरै माथि देखिन्छन् । उदाहरणका लागि, सन् २०२३ मा, निजी विद्यालयहरूको उतीर्ण प्रतिशत करिब ९० थियो भने सरकारी विद्यालयहरूको ६० प्रतिशत मात्र थियो । यो भिन्नताले सार्वजनिक शिक्षा क्षेत्रमा धेरै सुधारको खाँचो छ भन्ने देखाउँछ ।

 ८. सरकारी विद्यालयहरूको खराब गुणस्तरका प्रमुख कारणहरू

सरकारी विद्यालयहरूमा शिक्षाको गुणस्तर खराब हुनुमा अनेक कारण छन् । ती मध्ये केही उल्लेख्य कारण निम्न हुन् :

·       अपर्याप्त वजेट : विद्यालय शिक्षामा सरकारले ठूलो लगानी गरेको भए पनि विद्यार्थी संख्या लगायतका कारण छुट्याइएको वजेट प्रायः सबै विद्यालयको आवश्यकतालाई पूरा गर्न अपर्याप्त हुन्छ ।

·       योग्य शिक्षकको अभाव : शैक्षिक योग्यता, तालिम, र दक्षताका दृष्टिले सरकारी विद्यालयमा राम्रा शिक्षक दरबन्दी भए पनि धेरै वर्ष देखि दरबन्दी अनुसार शिक्षक नभएकाले राजनीतिक र व्यक्तिगत् पहुँचका आधारमा धेरै शिक्षक भर्ना गरिएको छ । यसरी नियुक्त गरिएका अधिकांश शिक्षकहरूमा योग्यता र दक्षता माथि प्रश्न उठ्ने गरेको छ ।

·       अपर्याप्त संरचना : कक्षा कोठा, प्रयोगशाला र पुस्तकालयको अभावले सिकाइ प्रभावित भएको छ । विद्यार्थी संख्याको अनुपातमा कक्षा कोठा छैनन् । अधिकांश विद्यालयमा आभारभूत प्रयोगशाला समेत छैन । स्रोत सम्पन्न पुस्तकालय अर्को समस्या हो ।

·       विद्यार्थी-शिक्षक अनुपात : भरिभराउ, भीडभाड कक्षामा विद्यार्थी संख्याका कारण शिक्षकले विद्यार्थीलाई व्यक्तिगत् तहमा ध्यान दिन नसक्ने स्थिति छ ।

·       राजनीतिकरण : शिक्षक भर्ना, व्यवस्थापन समितिको गठन, वजेट लगायतमा व्यापक राजनीतिकरण हुनु नेपालको सार्वजनिक विद्यालय शिक्षा कमजोर हुनु एउटा महत्वपूर्ण र दुखदायी कुरा बनेको छ ।

 ९. शिक्षाको गुणस्तर सुधार गर्ने उपायहरू

नेपालको सार्वजनिक विद्यालय शिक्षामा देखिएका यी चुनौतीहरूलाई समाधान गर्न र शिक्षाको गुणस्तर सुधार गर्न विभिन्न उपायहरू अपनाउन सकिन्छ :

·       वजेट वृद्धि : सबै विद्यालयहरूका लागि पर्याप्त र समान वजेट विनियोजन गरिनु पर्छ । विशेष गरी ग्रामीण र पछाडि परेका क्षेत्रमा आवश्यकताका आधारमा वजेट छुट्ट्याउनु पर्छ ।

·       शिक्षक तालिम : शिक्षकको शीप र ज्ञान बढाउन शिक्षक तालिम कार्यक्रमहरूमा अझ वढी लगानी गर्नु पर्छ ।

·       संरचना विकास : कक्षाकोठा, प्रयोगशाला र पुस्तकालयलाई आवश्यकताका आधारमा थपेर वा स्तर उन्नति गरेर विद्यालय संरचनामा सुधार गर्नु पर्छ । यसो गर्न सकियो भने सिक्ने वातावरण राम्रो हुन सक्छ ।

·       विद्यर्थी-शिक्षक अनुपात : प्रत्येक विद्यार्थीलाई शिक्षकले ध्यान पुर्‍याउन सक्ने गरी आवश्यक संख्यामा शिक्षक नियुक्त गरिनु पर्छ ।

·       समुदायको संलग्नता : विद्यालय व्यवस्थापन र निर्णय प्रक्रियामा समुदायलाई अझ वढी संलग्न गराउने वातावरण मिलाउनु पर्छ ।

·       नीतिगत स्थिरता : शिक्षा नीतिहरूमा एकरूपता र स्थिरता हुनु आवश्यक छ । शिक्षामा राजनीतिकरण पूर्ण रूपमा बन्द गरिनु पर्छ ।

 निष्कर्ष :

नेपालले विद्यालय शिक्षामा विद्यार्थी भर्ना, लैङ्गिक समानता जस्ता पक्षमा उल्लेख्य प्रगति गरेको छ । तथापि, बीचैमा विद्यालय छाड्ने दर, सरकारी विद्यालयको शैक्षिक गुणस्तर र अपर्याप्त संरचना जस्ता चुनौतीहरू अझै कायम छन् । यी समस्याहरू समाधान गर्न विभिन्न क्षेत्र र पक्षमा महत्वपूर्ण कामहरू गर्नु आवश्यक छ । वजेट वृद्धि, शिक्षक तालिम, संरचना विकास र समुदायको संलग्नता जस्ता कुरामा विशेष ध्यान दिनु पर्ने छ । यी उपायहरू कार्यान्वयन गरेर नेपालले सबै बालबालिकाका लागि गुणस्तरीय शिक्षा दिन र शैक्षिक लक्ष्य पूरा गर्न सक्छ ।

 सन्दर्भ सूची :

1.     https://data.unicef.org/wp-content/uploads/2023/06/Nepal_factsheet_Mar_2023.pdf#:~:text=URL%3A%20https%3A%2F%2Fdata.unicef.org%2Fwp

2.     https://data.worldbank.org/indicator/SE.ENR.PRSC.FM.ZS?locations=NP

3.     https://doe.gov.np/

4.     https://edigitalnepal.com/p/the-current-scenario-of-education-system-in-nepal-how-digital-nepal-helping-to-schools-to-uplift-their-standard-3612

5.     https://en.wikipedia.org/wiki/Education_in_Nepal

6.     https://girlseducationchallenge.org/media/dtehyhji/gec_country_briefing-_nepal_feb-24_v2.pdf

7.     https://moest.gov.np/

8.     https://www.ceicdata.com/en/nepal/education-statistics

9.     https://www.collegenp.com/article/education-system-in-nepal/

10.  https://www.unesco.org/en/articles/nepal-implements-national-framework-education-2030

 * पुनिता कुमारी साह रूपनगर क्याम्पसमा BBS दोश्रो वर्षकी छात्रा हुन् ।

 साभार : रूपनगर क्याम्पस फिचर सेवा

 

प्रतिक्रिया

GraceSutton १ मंगशिर २०८२, आइतबार

Hello there, I wanted to take a moment to thank to kanchan24.com for sharing such helpful and well-written content. It’s always great to come across a website where the information is clear, useful, and genuinely created to support readers. I also wanted to add something that might be genuinely helpful for anyone dealing with sleep conditions or problems sleep, or anyone who simply wants to sleep well and improve sleep quality. Recently, someone shared their experience with a natural supplement called ChronoBoost Pro (https://shorturl.at/hKquX) , and the feedback was surprisingly positive. Unlike typical sleep aids, this formula is designed to support the body’s natural sleep–wake cycle, making it easier to fall inside sleep, drift into sleep naturally, and enjoy more balanced energy. It’s intended to help sleep without harsh medications, making it a gentle option for natural help sleep. Many of its ingredients are familiar sleep herbs and vitamins to help sleep, like magnesium to help you sleep, ashwagandha, L-theanine, and other calming herbal extracts. These are known for their role in sleep support and can naturally improve sleep and overall sleep quality. You can also improve your sleep with these ingredients. Sleep is important not only for physical health but also for the brain. Research on sleep and the brain shows that sleep helps the sleep brain function optimally, supporting brain function and cognitive clarity. Vitamins and sleep, as well as certain food helps sleep, can further enhance these benefits. Taking sleep vitamins or herbs to help you sleep may be a simple way to naturally improve your sleep routine and support your daily energy. Of course, results can vary, and this is not a miracle cure for everyone. But if you’re looking for a natural help to sleep or want to understand why sleep is needed and why sleep why is it important, this could be a worthwhile option. If you’re curious, the person who recommended it shared the link they used: https://shorturl.at/hKquX. Hopefully, this helps anyone looking to improve your sleep, support your sleep brain, and enjoy all the benefits sleep provides. If anyone here has tried it before, it would be great to hear your experience as well! Many thanks, and have a calm and restful night!

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार