मुख्य समाचार
नेकपा (संयुक्त) को आह्वान : ‘घुस नखानेहरूको पार्टी’ बनाउन जेनजी र नागरिकलाई साथ दिन अपील | कञ्चनरूपमा ९ सय ७८ केजी गाँजासहित एक युवक पक्राउ | डाक्नेश्वरीमा वार्षिक स्वास्थ्य समीक्षा सम्पन्न | रुपनगरमा खानेपानीको पाइप फुटेपछि, सङ्क्रमणको जोखिम बढ्दै | छठ मनाउँदाका क्रममा पोखरीमा डुबेर पुरुषको मृत्यु | “तीन सन्तान गुमाएको पीडा : सौर्य जहाज दुर्घटना जानाजान गरिएको मानवीय त्रुटि हो’ | कञ्चनरूपमा पत्रकारमाथि कुटपिट, पत्रकारहरूको सामूहिक उजुरी | कञ्चनरुपमा पत्रकारमाथि दुर्व्यवहारः पत्रकारद्वारा कानूनी कारबाहीको माग | जोगवनी बजार तनावग्रस्त, नेपालीको प्रवेश रोकियो | Kanchan24.com पाँचौँ वर्षको यात्रा पुरा गरी छैठौं वर्षमा प्रवेस |

छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा सप्तरीमा एक शिक्षक पक्राउ

Kanchan24 237+ समाचार ( )
२१ फाल्गुन २०८१, बुधवार

कञ्चनरूप  विद्यालयमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा सप्तरीको सप्तकोसी नगरपालिकाको एक विद्यालयका एक शिक्षक पक्राउ परेका छन् ।

गत मङ्गलबार विद्यालयमा करार सेवामा शिक्षक पदमा कार्यरत ३३ वर्षीय शिक्षकले विद्यालयमा अध्ययनरत एक छात्रामाथि विद्यालयको कोठामा यौन दुर्व्यवहार गरेको पाइएको प्रहरीले जनाएको छ ।
प्राक्टिकल विषयमा राम्रो अङ्क दिने र सोही विषयमा केही कुरा गर्नेछु भन्दै शिक्षकले छात्रालाई कक्षाकोठामा यौन दुर्व्यवहार गर्न थालेपछी आफू चिच्याएको पीडित छात्राले प्रहरी समक्ष बयान दिएकी छिन् । 
कोठामा लगेर शिक्षकले छात्रालाई जिउमा सुम्सुम्याउने‚ अङ्गालो हाल्ने‚ कपाल तान्ने‚ जस्ता क्रियाकलाप गर्न लागेपछि छात्राले हल्ला गरेकी थिइन् । छात्राको हल्ला सुनेर पुगेका विद्यार्थी र अभिभावकले शिक्षकलाई नियन्त्रणमा लिएर प्रहरीलाई खवर गरेका थिए ।
पीडित छात्राका आफन्तले बुधबार इलाका प्रहरी कार्यालय कञ्चनपुरमा शिक्षकविरुद्ध उजुरी दिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिएका छन ।
पक्राउ परेका शिक्षकलाई बुधबार सप्तरी जिल्ला अदालतबाट म्याद थप गरेर यौन दुर्व्यवहार कसुरमा अनुसन्धान अघि बढाइएको उनले बताए ।  
 
प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार