पातो । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा आर्थिक वर्ष २०८१र०८२ को स्वास्थ्यसम्बन्धी सम्पूर्ण कार्यक्रमहरूको पालिका स्तरीय वार्षिक समीक्षा सम्पन्न भएको छ।
दुई दिनसम्म चलेको उक्त समिक्षा बैठकमा नगरपालिकाका दसवटै वडाका स्वास्थ्य चौकी, स्वास्थ्य केन्द्र तथा शहरी स्वास्थ्य केन्द्रहरूमा सञ्चालन भएका विभिन्न कार्यक्रम र सूचकहरू (इन्डिकेटर) का आधारमा समीक्षा तथा छलफल गरिएको थियो।
कार्यक्रम डाक्नेश्वरी नगरपालिकाका नगर प्रमुख रामलखन मल्लाहको प्रमुख आतिथ्यमा नगरपालिकाको सभाकक्षमा सम्पन्न भएको हो।
समीक्षा कार्यक्रममा स्वास्थ्य सेवामा कार्यरत सम्पूर्ण कर्मचारी, जिल्ला तथा प्रदेशस्तरका प्रतिनिधि, सबै वडा अध्यक्षहरू, साथै विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
समिक्षाबाट प्राप्त निष्कर्षका आधारमा आगामी वर्षका लागि स्वास्थ्य सेवा प्रवाह अझ प्रभावकारी र सहज बनाउन कार्ययोजना बनाइने जनाएको छ।
Very good work