मुख्य समाचार
नेकपा (संयुक्त) को आह्वान : ‘घुस नखानेहरूको पार्टी’ बनाउन जेनजी र नागरिकलाई साथ दिन अपील | कञ्चनरूपमा ९ सय ७८ केजी गाँजासहित एक युवक पक्राउ | डाक्नेश्वरीमा वार्षिक स्वास्थ्य समीक्षा सम्पन्न | रुपनगरमा खानेपानीको पाइप फुटेपछि, सङ्क्रमणको जोखिम बढ्दै | छठ मनाउँदाका क्रममा पोखरीमा डुबेर पुरुषको मृत्यु | “तीन सन्तान गुमाएको पीडा : सौर्य जहाज दुर्घटना जानाजान गरिएको मानवीय त्रुटि हो’ | कञ्चनरूपमा पत्रकारमाथि कुटपिट, पत्रकारहरूको सामूहिक उजुरी | कञ्चनरुपमा पत्रकारमाथि दुर्व्यवहारः पत्रकारद्वारा कानूनी कारबाहीको माग | जोगवनी बजार तनावग्रस्त, नेपालीको प्रवेश रोकियो | Kanchan24.com पाँचौँ वर्षको यात्रा पुरा गरी छैठौं वर्षमा प्रवेस |

स्यानिटरी प्याड खरिद प्रकरणमा पाँच जनाले विशेष अदालतबाट पाए सफाइ

Anil Pokharel 28+ समाचार ( )
११ आषाढ २०८१, मङ्गलबार

राजविराज  सप्तरीको रूपनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाले विशेष अदालतबाट सफाइ पाएका छन् ।

विद्यालयमा निःशुल्क सेनिटरी प्याड वितरणको बजेटमा अनियमितताको आरोपमा सप्तरी रुपनी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरी, लेखा अधिकृत श्यामसुन्दर यादव, माध्यमिक तह शिक्षक श्यामप्रसाद यादव, नायब सुब्बा सुजन दाहाल र लक्ष्मी ट्रेडर्स एण्ड सप्लायर्स राजविराजकी प्रोप्राइटर ललिताकुमारी साह विरुद्ध मुद्दा दायरमा मंगलबार विशेष अदालतले उनीहरूलाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको हो ।
गत माघ ११ गते रुपनी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयले मिलेमतोमा सिलबन्दी दरभाउ पत्रको माध्यमबाट खुद्रा मूल्यभन्दा दुई गुणा बढी रकममा स्यानिटरी प्याड खरिदमा आठ लाख ७४ हजार रुपियाँ भ्रष्टाचार गरेको आरोपमा तत्कालीन अधिकृत चौधरीसहित पाँच जना अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  मुद्दा दायर गरको थियो । 
नौ लाख ११ हजार ९२५ रुपियाँ पर्ने जस्मिन हाइजिन प्रोड्रक्ट प्रा.लि. मोरङद्वारा उत्पादित स्यानिटरी प्याडलाई १७ लाख ८५ हजार ९२८ मा खरिद बिक्री गरी आठ लाख ७४ हजार बराबरको भ्रष्टाचार गरेको भन्दै रुपनी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरीसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार