मुख्य समाचार
नेकपा (संयुक्त) को आह्वान : ‘घुस नखानेहरूको पार्टी’ बनाउन जेनजी र नागरिकलाई साथ दिन अपील | कञ्चनरूपमा ९ सय ७८ केजी गाँजासहित एक युवक पक्राउ | डाक्नेश्वरीमा वार्षिक स्वास्थ्य समीक्षा सम्पन्न | रुपनगरमा खानेपानीको पाइप फुटेपछि, सङ्क्रमणको जोखिम बढ्दै | छठ मनाउँदाका क्रममा पोखरीमा डुबेर पुरुषको मृत्यु | “तीन सन्तान गुमाएको पीडा : सौर्य जहाज दुर्घटना जानाजान गरिएको मानवीय त्रुटि हो’ | कञ्चनरूपमा पत्रकारमाथि कुटपिट, पत्रकारहरूको सामूहिक उजुरी | कञ्चनरुपमा पत्रकारमाथि दुर्व्यवहारः पत्रकारद्वारा कानूनी कारबाहीको माग | जोगवनी बजार तनावग्रस्त, नेपालीको प्रवेश रोकियो | Kanchan24.com पाँचौँ वर्षको यात्रा पुरा गरी छैठौं वर्षमा प्रवेस |

लेटाङका युवाहरुद्वारा छात्रवृत्तिका लागि अक्षयकोष स्थापना (भिडियोसहित)

Kanchan24 1+ समाचार ( )
४ फाल्गुन २०८०, शुक्रबार

- उमेश चाम्लिङ

लेटाङ । लेटाङ ६ स्थित महाभारत माध्यमिक विद्यालयमा सिद्धार्थ युवा क्लव छात्रवृत्ति अक्षयकोष स्थापना गरिएको छ । विद्यालयका विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्ने उद्देश्यका साथ ५३ हजार ३ सय ५० रुपैयाँको सिद्धार्थ युथ क्लव छात्रवृत्ति अक्षयकोष स्थापना गरिएको हो ।

आज शुक्रबार विद्यालयमा आयोजित कार्यक्रमका बीच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्ण बहादुर तामाङलाई क्लवका अभियन्ताहरुले ५३ हजार ३ सय ५० रुपैयाँको चेकको नमुना हस्तान्तरण गरेका छन् । गत कार्तीकमा  जाजरकोट र रुकुममा गएको भूकम्पमा परेकाहरुलाई सहयोग गर्न सिद्धार्थ युवा क्लवको अगुवाइमा संकलन गरिएको रकम भूकम्प पीडितलाई प्रदान गर्न नपाएपछि सोही रकमबाट अक्षयकोष स्थापना गरिएको सिद्धार्थ युवा क्लवका संयोजक भरत राईले जानकारी दिनुभयो । 

भूकम्प पीडितका लागि सहयोग रकम उठाइएको भएपनि तत्कालिन अवस्थामा सरकारको एकद्वार प्रणालीबाट मात्र सहयोग गर्न पाईने नीतिका कारण सहयोग संकलन स्थगित गरि संकलित रकमबाट अक्षयकोष स्थापना गर्ने निर्णय गरिएको संयोजक राईले जानकारी दिनुभयो ।

सिद्धार्थ युवा क्लबको अगुवाईमा, एवीसी ग्रुप, द ब्वाईज क्लब, चिसाङ एफसी, लेटाङ खबर, ट्रोल लेटाङ  सहितका संस्थाहरुले संयुक्त रुपमा सहयोग संकलन गरेका थिए ।  

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार