मुख्य समाचार
नेकपा (संयुक्त) को आह्वान : ‘घुस नखानेहरूको पार्टी’ बनाउन जेनजी र नागरिकलाई साथ दिन अपील | कञ्चनरूपमा ९ सय ७८ केजी गाँजासहित एक युवक पक्राउ | डाक्नेश्वरीमा वार्षिक स्वास्थ्य समीक्षा सम्पन्न | रुपनगरमा खानेपानीको पाइप फुटेपछि, सङ्क्रमणको जोखिम बढ्दै | छठ मनाउँदाका क्रममा पोखरीमा डुबेर पुरुषको मृत्यु | “तीन सन्तान गुमाएको पीडा : सौर्य जहाज दुर्घटना जानाजान गरिएको मानवीय त्रुटि हो’ | कञ्चनरूपमा पत्रकारमाथि कुटपिट, पत्रकारहरूको सामूहिक उजुरी | कञ्चनरुपमा पत्रकारमाथि दुर्व्यवहारः पत्रकारद्वारा कानूनी कारबाहीको माग | जोगवनी बजार तनावग्रस्त, नेपालीको प्रवेश रोकियो | Kanchan24.com पाँचौँ वर्षको यात्रा पुरा गरी छैठौं वर्षमा प्रवेस |

मर्न थाले लेटाङ प्रवेशद्वारको सौन्दर्यकरणका लागि रोपिएका विरुवा, ट्राफिक प्रहरी विट प्रयोगविहीन (भिडियोसहित)

Kanchan24 1+ समाचार ( )
२८ माघ २०८०, आइतबार

- उमेश चाम्लिङ

लेटाङ । करिव डेढ वर्ष अघि लेटाङ नगरपालिकाले प्रवेशद्वार सौन्दर्यकरण गर्न भन्दै रोपेका फूलका विरुवाहरु मर्न थालेका छन् । नगरपालिकाको प्रवेशद्वार गंगेचौकदेखि दक्षिण करिव १ किलोमिटर जंगल क्षेत्रमा दुवैतर्फ विभिन्न प्रजातिका फूलका विरुवा रोपिएकोमा दर्जनौं विरुवा मरेका छन् ।

लेटाङ नगरपालिकाको प्रवेशद्वार सौन्दर्यकरण गर्ने भन्दै नगरपालिकाले नगरको प्रवेशद्वारमा वृहत जनश्रमदानमार्फत डेढ वर्ष अघि फूलका विरुवाहरु रोपेको थियो । नगरपालिकाले विरुवा, मल र घेरावाराको व्यवस्था गरेको थियो भने जनश्रमदानद्वारा रोप्ने काम सम्पन्न भएको थियो ।

लामो समयदेखि फोहोर रहेको प्रवेशद्वार सुन्दर बन्ला भन्ने आशमा स्थानीयवासीले नगरपालिकाको अभियानमा सहयोग गर्दै जनश्रमदानमा सहभागी भएका थिए । तर राम्ररी हुर्कन नपाउँदै दजनौं विरुवाहरु मरिसकेका छन् । विरुवालाई घेराबारा गरेर संरक्षण गरेपनि नियमित रुपमा सिंचाई नहुँदा सुख्या भएर विरुवाहरु मरेका हुन् ।   जसका कारण प्रवेशद्वार सुन्दर बनाउने नगरपालिकाको अभियानमा ठेस लाग्ने देखिएको छ । 

यसैगरि लेटाङ नगरपालिकाको प्रवेशद्वारमा निर्माण गरिएको ट्राफिक प्रहरी विट समेत प्रयोगविहीन भएर अलपत्र परेको छ । लाखौं खर्च गरेर बनाइएको व्यवस्थित ट्राफिक बीटमा ट्राफिक प्रहरी बस्ने गरेका छैनन् । जसका कारण ट्राफिक बीट अलपत्र र बेस्याहार भएको छ ।

यसैगरि नगरपालिकाको प्रवेशद्वारमा जडान गरिएको सार्वजनिक धारामा पानी नआउँदा पैदलयात्रीलाई समस्या हुने गरेको छ । जंगलबाट घाँस दाउर गरेर आउने तथा मलामीबाट आउने मानिसहरुलाई लक्षीत गरि जडान गरिएको धारामा पानी आउन छाडेको भन्दै स्थानीय युवाहरुले गुनाशो गरेका छन् ।

भिडियो हेर्न  यहाँ क्लिक गर्नुहोला । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार