मुख्य समाचार
अत्यधिक गर्मीका कारण कञ्चनरूप सबै विद्यालयमा तीन दिन बिदा बिदा | कञ्चनरूपमा सुन सफा गरिदिने बहानामा ठगी गर्ने दुई भारतीय पक्राउ | अवधेशको नयाँ अध्याय, बने प्रेस जनमत सङ्घको केन्द्रीय अध्यक्ष | लुटपाटको क्रममा गोली प्रहार हुँदा एक जनाको मृत्यु | सप्तकोशी नदीमा डुबेका प्रहरीलाई खोज्ने क्रममा भने अर्को व्यक्तिको शव फेला | शैक्षिक गुणस्तरमा उकालो लाग्दै रूपनगर क्याम्पस | सप्तरीको कञ्चनरूपमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु | अन्तरपार्टी प्रतिस्पर्धामा डा. शेखर कोइरालाको बिरोध यात्रा छलाङ्गमा :जय प्रकाश आनन्द | सप्तरी सहित मिथिलामा मनाइयो बटसाबित्री पर्व | एक सय ३७ किलो ७६ ग्राम गाँजा सहित एक जना मानिस पक्राउ |

समला राइनोजद्वारा समलाको प्रचारात्मक समाग्री हस्तान्तरण

Kanchan24 1+ समाचार ( )
२९ पौष २०८०, आइतबार

लेटाङ । लेटाङ ७ स्थित पर्यटकीय स्थान समला क्षेत्रको पर्यटन प्रवर्धनका लागि समला राइनोजले प्रचारमुलक सामाग्री निर्माण गरेको छ । समला राइनोजले निर्माण गरेको प्रचारमुलक सामाग्री शनिबार समला पर्यटन विकास समितिका पदाधिकारीहरुलाई हस्तान्तरण गरिएको छ ।

केहि समय अघि लेटाङमा सञ्चालन भएको क्रिकेट प्रतियोगिताको विजेता समेत रहेको समला राइनोजले समलाको प्रचार प्रसारका लागि फ्लेक्स निर्माण गरि पर्यटन विकास समितिलाई हस्तान्तरण गरेको हो । फ्लेक्समा समलाबाट देखिने सूर्योदय र सूर्यास्तको दृश्य, समलामा उत्पादन हुने कफि लगायतका कृषिजन्य उत्पादन आदिको चित्र अंकित गरिएको हो । शनिबार समला राइनोजका वनर राजु गौतमले समला पर्यटन विकास मितिका अध्यक्ष अजय राई, सचिव सुशन राई लगायत समलाका युवाहरुलाई प्रचार सामाग्री हस्तान्तरण गर्नुभयो । समला राइनोजले यसअघि समलास्थित ज्ञान ज्योति प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई समेत सहयोग गरेको थियो ।

समला लेटाङ नगरपालिका वडा नम्बर ७ स्थित उदयीमान पर्यटकीयस्थल हो । जहाँबाट मौसम खुलेको बेला झापा र मोरङका तराईं फाँटको दृश्यावलोकन गर्नुका साथै सूर्योदय र सूर्यास्त समेत देख्न सकिनेछ । समला पुग्न पूर्वपश्चिम राजमार्गको पथरी बजारबाट करिव १ घण्टाको मोटरसाइकल यात्रा गर्नु पर्ने हुन्छ । पछिल्लो समय समलामा घुम्न जाने पर्यटकहरुको संख्या बढ्दो छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार