मुख्य समाचार
रूपनगरमा न्यायाधीश र विद्यार्थीबीच कानुनी साक्षरतासम्बन्धी अन्तर्क्रिया | सप्तकोशीमा अपाङ्गता भएका ४० जनालाई सहायक सामग्री वितरण | हटैलमा लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम सम्पन्न | सप्तरीका पत्रकारले सरकारी विज्ञापन नीति विरुद्ध प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाए | सम्पादक पोखरेलसहित विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित | प्रजातान्त्रिक आन्दोलनका योगदानकर्ताको सम्मान अपरिहार्य : सभामुख यादव | तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता | खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना |

कमला–कञ्चनपुर चार लेन सडक विस्तार कार्यमा चरम ढिलाइ

Kanchan24 316+ समाचार ( )
२० चैत्र २०८२, शुक्रबार

कञ्चनरुप। पूर्व–पश्चिम राजमार्गअन्तर्गत कमला–कञ्चनपुर सडक खण्डको चार लेन विस्तार कार्यमा चरम ढिलाइ हुँदा स्थानीयवासीले सास्ती खेपिरहेका छन्। वर्षौंदेखि निर्माणाधीन सडक समयमै सम्पन्न नहुँदा हिउँदमा धुलो र वर्षामा हिलोको समस्या झेल्नु यस मार्गबाट आवतजावत गर्ने लाखौं यात्रु र स्थानीयको नियति बनेको छ।

नेपाल सरकारको रूपान्तरणकारी गौरवको आयोजना मानिएको ८६.८३ किलोमिटर लामो यो सडक खण्ड निर्माणको जिम्मा चाइना रेलवे नम्बर–२ इन्जिनियरिङ ग्रुप ले जुन २०२० मा पाएको थियो। करिब १५ अर्ब ६६ करोड रुपैयाँ लागतको यो आयोजनामा सडक, पुल, कल्भर्ट, ओभरपास, अन्डरपास र बाइपास निर्माण गरी २०२३ अक्टोबर २८ भित्र काम सक्नुपर्ने सम्झौता थियो। तर हालसम्म ६९ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ।

यस सडकको पूर्वी खण्ड कञ्चनपुरदेखि कुशहासम्म ३९.४२ किलोमिटर तथा पश्चिमी खण्ड कुशहादेखि कमलासम्म ४७.४१ किलोमिटर छ। अधिकांश ग्रामीण क्षेत्रमा काम अघि बढे पनि मुख्य बजार खण्डमा ओभरपास र ६ लेन विस्तार सुस्त हुँदा स्थानीय दैनिक धुलो, जाम र दुर्घटनाको जोखिम झेल्न बाध्य छन्।

स्थानीयवासीको गुनासो छ— पटक–पटक म्याद थप्दा पनि निर्माण कम्पनी र सम्बन्धित सरकारी निकायले चासो नदिँदा सर्वसाधारणले दुःख पाइरहेका छन्। अब वर्षा सुरु भएपछि सडक थप हिलाम्य हुने, पानी जम्ने र दुर्घटना बढ्ने भएकाले सरकारले तत्काल हस्तक्षेप गर्नुपर्ने उनीहरूको माग छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार