मुख्य समाचार
खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना | एक दिनको चमत्कार: कञ्चनरूपको सुनाखरीले फेरि जगायो चासो | सप्तरीका किसानका समस्या संसदमा : अब कार्यान्वयनको चुनौती | कमला–कञ्चनपुर चार लेन सडक विस्तार कार्यमा चरम ढिलाइ | सप्तरी प्रशासनको कडा कदम : सरकारी कार्यालय वरिपरि ‘बिचौलिया’ देखिए तुरुन्त कारबाही | बादलको अभिव्यक्तिले एमालेमा तरंग | मालपोत कार्यालय सप्तरीबाट लेखापढी व्यवसायी पक्राउ | सप्तरीमा प्रतिबन्धित औषधिसहित युवक पक्राउ | राजविराजमा डोजरको गर्जन : वर्षौँदेखि सडक निल्ने संरचनामाथि अन्ततः नगरपालिकाको प्रहार |

नेम्वाङका दुवै छोरा नेपाल आइपुगे, पार्टी कार्यालय पुगेर बुबालाई श्रद्धाञ्जली दिए, हिन्दू र लिम्बू परम्परा अनुशार भोलि अन्त्येष्टि गरिने

Kanchan24 1+ समाचार ( )
२७ भाद्र २०८०, बुधवार

काठमाडौं । संविधानसभा अध्यक्ष तथा एमाले नेता सुवासचन्द्र नेम्वाङका दुवै छोरा बुबाको अन्तिम संस्कारका लागि विदेशबाट फर्किएका छन् । कान्छा छोरा अष्ट्रेलियाबाट हिजो मंगलबार र जेठा छोरा बेलायतबाट आज बुधबार आइपुगेका हुन् ।

स्वर्गीय नेम्वाङका दुई छोरा र दुवै छोरी छन् । जेठा छोरा मिङ्सो नेम्वाङ विवाहित हुन् भने अरुको विवाह भएको छैन । मिङ्सो परिवारसहित यूकेमा बसोबास गर्दै आएका छन् ।

कान्छा छोरा सुहाङ र छोरीहरू भने नेपालमै बस्छन् । कान्छा छोरा केही दिनअघि घुमघामका लागि अष्ट्रेलिया पुगेका थिए । बुबाको निधनको खबर पाएपछि उनी भ्रमण रद्द गरेर तत्काल फर्किएका हुन् । दुवै छोराले एमाले पार्टी कार्यालय च्यासलमा पुगेर बुबालाई अन्तिम श्रद्धाञ्जली अर्पण गरे ।

नेम्वाङलाई हृदयघात हुँदा घरमा श्रीमती र छोरीहरू थिए । छोरीहरूले उनलाई अस्पताल पुर्‍याएका हुन् । नेम्वाङको दाहसंस्कार भने भोलिमात्र हुने भएको छ ।

हिन्दू र लिम्बू परम्पराअनुसार पशुपति आर्यघाटमा भोलि ११ बजे दाहसंस्कार हुने पारिवारिक स्रोतले जानकारी दियो । सरकारले नेम्वाङको राजकीयसम्मानका लागि अन्त्येष्टि गर्ने निर्णय गरेको थियो । भोलि उहाँको निधनको शोकमा सार्वजनिक विदासमेत दिइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार