कञ्चनरूप । सप्तरीको भारदह-हनुमाननगर सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ ।
जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर २ स्थित आइतबार दिउँसो स १ त ३३०५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सोही नगरपालिका १ भारदहका २५ वर्षीया आनन्द कुमार मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मण्डल आफै ट्याक्टरबाट आफै चलाएर माटो ल्याउँदै गर्दा सकरदही नजिकैको पुलमा ठोक्किएर दुर्घटना हुँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकको शवलाई पोस्टमार्टमका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको छ ।
भारदह - हनुमाननगर सडक खण्डमा ट्याक्टर दुर्घटना एक युवकको मृत्यु
२० जेठ २०८१, आइतबार