मुख्य समाचार
नेकपा (संयुक्त) को आह्वान : ‘घुस नखानेहरूको पार्टी’ बनाउन जेनजी र नागरिकलाई साथ दिन अपील | कञ्चनरूपमा ९ सय ७८ केजी गाँजासहित एक युवक पक्राउ | डाक्नेश्वरीमा वार्षिक स्वास्थ्य समीक्षा सम्पन्न | रुपनगरमा खानेपानीको पाइप फुटेपछि, सङ्क्रमणको जोखिम बढ्दै | छठ मनाउँदाका क्रममा पोखरीमा डुबेर पुरुषको मृत्यु | “तीन सन्तान गुमाएको पीडा : सौर्य जहाज दुर्घटना जानाजान गरिएको मानवीय त्रुटि हो’ | कञ्चनरूपमा पत्रकारमाथि कुटपिट, पत्रकारहरूको सामूहिक उजुरी | कञ्चनरुपमा पत्रकारमाथि दुर्व्यवहारः पत्रकारद्वारा कानूनी कारबाहीको माग | जोगवनी बजार तनावग्रस्त, नेपालीको प्रवेश रोकियो | Kanchan24.com पाँचौँ वर्षको यात्रा पुरा गरी छैठौं वर्षमा प्रवेस |

३२ दशमलव ३० अंकले बढ्यो नेप्से परिसूचक

Kanchan24 1+ समाचार ( )
४ जेठ २०८०, बिहीबार

धितोपत्र बजारमा शेयर कारोबार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३२ दशमलव ३० अंकले बढेर एक हजार आठ सय ७७ दशमलव ३२ मा पुगेको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव २३ अङ्कले उकालो लागेर तीन सय ५८ दशमलव १८ मा पुगेको छ । कारोबार भएका कूल १३ वटै उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । कूल ४४ लाख २२ हजार एक सय ८६ कित्ता शेयर एक अर्ब ४७ करोड ४७ लाख ६५ हजार तीन सय ८८ रुपैयाँमा खरिद बिक्री भएका छन् ।

कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको आठ करोड ६३ लाख ४८ हजार चार सय ३६ रुपैयाँ बराबरको कारोबार भएको छ । शिवम् सिमेन्ट सात करोड ११ लाख १० हजार चार सय ८०, एनआईसी एशिया बैंक ६ करोड ७६ लाख ७१ हजार सात सय ७६, एभरेष्ट बैंक तीन करोड ५९ लाख ८४ हजार र नागरिक लगानी कोष तीन करोड ४५ लाख २१ हजार बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार, हिमालयन ऊर्जा विकास कम्पनी र आत्मनिर्भर लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै, शिव श्री हाइड्रोपावर आठ दशमलव १४, गणपति लघुवित्त सात दशमलव ८३ र श्वेत गङ्गा हाइड्रोपावरको शेयर मूल्य सात दशमलव शून्य चार प्रतिशतले बढेको छ । 

त्यस्तै, एनआइबीए ग्रोथ फण्ड तीन दशमलव १४, हिमालयन बैंकको ऋणपत्र एक दशमलव ९९, एनएमबी पचास एक दशमलव एक दशमलव ९६, सामुदायिक लघुवित्त एक दशमलव ९६ र किसान लघुवित्तको शेयर मूल्य एक दशमलव ९१ प्रतिशतले घटेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार