राजविराज । उच्च अदालत जनकपुर राजविराज इजलासले राजविराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु गुरुङलाई कामकाजमा कुनै अवरोध नगर्न अन्तरिम आदेश दिएको छ ।
यस अघि अल्पकालीन आदेश दिएको अदालतको बिहीबारको इजलासले अन्तरिम आदेश दिएको हो । न्यायाधीश विमल सुवेदी र पूर्ण प्रसाद राजवंशीको संयुक्त इजलासले कामकाजमा नगर्न अन्तरिम आदेश दिएको हो ।
आदेशमा गुरुङलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा नियमित कामकाज गर्न गराउन कुनै बाधा व्यवधान वा अवरोध नगर्नु नगराउनु भनी विपक्षी कार्यवाहक नगर प्रमुख इसरत परबीन समेतका नाममा उच्च अदालत नियमावली, २०७३ को नियम ४२९१० बमोजिम अन्तरिम आदेश जारी गरिएको आदेशमा भनिएको छ ।
नगरपालिकाको कार्यपालिकाको २२ माघको बैठकले गुरुङलाई फिर्ता पठाउने निर्णय गरेको थियो । सोही निर्णय विरुद्ध गुरुङ अदालतमा गएका थिए ।
राजविराजका अधिकृत गुरुङलाई कामकाजमा कुनै अवरोध नगर्न अन्तरिम आदेश
१० फाल्गुन २०८०, बिहीबार