मुख्य समाचार
खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना | एक दिनको चमत्कार: कञ्चनरूपको सुनाखरीले फेरि जगायो चासो | सप्तरीका किसानका समस्या संसदमा : अब कार्यान्वयनको चुनौती | कमला–कञ्चनपुर चार लेन सडक विस्तार कार्यमा चरम ढिलाइ | सप्तरी प्रशासनको कडा कदम : सरकारी कार्यालय वरिपरि ‘बिचौलिया’ देखिए तुरुन्त कारबाही | बादलको अभिव्यक्तिले एमालेमा तरंग | मालपोत कार्यालय सप्तरीबाट लेखापढी व्यवसायी पक्राउ | सप्तरीमा प्रतिबन्धित औषधिसहित युवक पक्राउ | राजविराजमा डोजरको गर्जन : वर्षौँदेखि सडक निल्ने संरचनामाथि अन्ततः नगरपालिकाको प्रहार |

प्रदेश सांसदलाई गुहार्दै लेटाङबासी
नगरपालिकाले चासो नदेखाएपछि प्रदेश सांसदलाई गुहार्दै लेटाङबासी

Kanchan24 1+ समाचार ( )
२६ जेठ २०८०, शुक्रबार

लेटाङ । वर्षायाम सुरु हुनै लाग्दा समेत संभावित जोखिम कम गर्न नगरपालिकाले चासो नदेखाएको भन्दै मोरङको लेटाङ नगरपालिका वडा नम्बर ३ कमलपुर/बेलडाँगी क्षेत्रका वासिन्दाले प्रदेश सांसद्सँग जोखिम नियन्त्रणका लागि अनुरोध गरेका छन् । कोशी प्रदेश सरकारको बजेट निर्माण प्रकृया सुरु भएसँगै आफ्नो क्षेत्रका जनताको गुनाशा र माग बुझ्न निर्वाचन क्षेत्र पुगेका मोरङ प्रदेश सभा १(ख) का सांसद् खड्गबहादुर बस्नेत सामु स्थानीयवासीले चिसाङ खोलामा बाढी आउन साथ ५ सय घर परिवार र सयौं विगाहा जमिन जोखिममा पर्ने भन्दै चिसाङ खोलामा स्पर निर्माणका लागि पहल गरिदिन माग गरेका हुन् । स्थानीय सरकारको रुपमा रहेको नगरपालिकाले अघिल्लो वर्ष समयमै रोकथामको काम गरेको भएपनि यसवर्ष चासो नदेखाएको स्थानीयवासी मनिहाङ राईको गुनासो छ । स्थानीय गोपाल श्रेष्ठ वर्षायाम सुरु हुँदा समेत नगरपालिकाले कुनै काम अघि नबढाएपछि प्रदेश सांसदलाई गुहार्न बाध्य भएको बताउनुभयो । “नगरपालिकाले गर्ला की भनेर हेर्दा हेर्दै वर्षायाम आउनै लाग्यो ।” उहाँले भन्नुभयो, “जाली खरिद प्रकृया सुरु गर्दैछ रे भन्ने सुनिन्छ, काम कहिले हुने अझै थाहा छैन, बरु प्रदेशबाट पो काम हुन्छ की भनेर माननीय ज्यूलाई गुनासो राखेका छौं । ” 

यता वडाध्यक्ष डम्बर राई समेत आफूले नगरमा पटक पटक कुरा गरेपनि कुनै सुनुवाई नभएको गुनासो गर्नुहुन्छ । “जाली खरिद प्रकया सुरु गर्ने भनिएको छ, फेरी कति समय लाग्ने हो थाहा छैन ।” वडाध्यक्ष राईले भन्नुभयो, “स्थानीयवासी बाढीको त्रासमा छन्, बाढीले खरिद प्रकृया पर्खिएर बस्दैन ।” उहाँले खरिद प्रकृया ढिलो भए उपभोक्ता समितिमार्फत भएपनि काम गर्ने गरि अघि बढ्न आफुले नगरपालिका समक्ष पहल गरिरहेको जानकारी दिनुभयो । उहाँले खरिद प्रकृया ढिलो भए उपभोक्ता समितिमार्फत भएपनि काम गर्ने गरि अघि बढ्न आफुले नगरपालिका समक्ष पहल गरिरहेको जानकारी दिनुभयो । 

यता स्थानीयवासीको गुनासो सुनेपछि प्रदेश सांसद् खड्ग वस्नेतले निकै जोखिमपूर्ण ठाउँ देखिएकाले तत्कालीन रोकथाम र दीर्घकालिन समाधान खोज्ने गरि आफुले पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । यसैबीच प्रदेश सांसद् बस्नेतले लेटाङ ९ स्थित तेली खोलामा समेत बाढीको जोखिम क्षेत्रको अवलोकन गर्नुभयो । तेली खोलाको कटानको जोखिममा रहेको तेली खेत क्षेत्रको अवलोकन गर्दै उहाँले दीर्घकालिन समाधानका लागि काम गर्न आवश्यक रहेको बताउनुभयो । आफु हाल जनताका समस्या बुझ्न निर्वाचन क्षेत्र भ्रमणमा रहेको भन्दै उहाँले प्रदेश सरकारको बजेट कटौती भएपनि नदी नियन्त्रण, सिंचाइ, खानेपानी र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो । 

प्रतिक्रिया

Laxman Niraula २७ जेठ २०८०, शनिबार

Nagarpalika lae chaso dinu paro

नीति काेइराला २७ जेठ २०८०, शनिबार

जनसहभागिता हर्क सम्पङ जस्तो गरे आज को भोलि यो काम तु हुने छ तर हाम्रा मियर को तेत्रो आ ट नहुन सक्ला? बजेट काे अाशा के भराेसा।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार