मुख्य समाचार
कञ्चनरूपमा जङ्गली हात्तीको आक्रमण, ६९ वर्षीया महिला जीवन–मृत्युको संघर्षमा | कर्तव्य निभाउँदै असई परशुराम यादवको निधन, राजकीय सम्मानसहित अन्त्येष्टि | राजविराजमा होली रंगसँगै सद्भाव र सांस्कृतिक संरक्षणको सन्देश | सप्तरीमा (नियोक)ले निर्वाचन लागि ११ जना अनुगमनका पर्यवेक्षक परिचालन | सूर्यनाथ यादव का प्रतिबद्धता सार्वजनिक, विकास र सुशासनमा जोड | सप्तरीमा यस वर्ष आँप उत्पादन बढ्ने अनुमान | सप्तरी १ मा २०४८ देखि २०७९ सम्मको राजनीतिक यात्रा र तातेको वर्तमान चुनावी मैदान | सप्तरी जिल्लामा मदिरा र सुर्ती बिक्रीमा कडाइ | राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल मा सुत्केरी महिलाको मृत्यु, परिवारद्वारा प्रदर्शन | निर्वाचन आचारसंहिता पालना गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड |

समला र फुर्केटारमा एडभान्स हेल्थ केयरद्वारा स्वास्थ्य शिविर सञ्चालन

Kanchan24 1+ समाचार ( )
११ माघ २०८०, बिहीबार

-राजु गौतम 

लेटाङ । लेटाङ ३ स्थित एडभान्स हेल्थ केयर सेन्टरले लेटाङ ७  समला र फुर्केटारमा स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै २ वटा विद्यालयलाई विभिन्न सामाग्री प्रदान गरेको छ । लेटाङको दुर्गम पहाडी टोलवस्तीमा पुगेर एडभान्स हेल्थ केयर सेन्टरले स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै विद्यालय तथा विद्यार्थीहरुलाई विभिन्न सामाग्री प्रदान गरेको हो ।

बुधबार समला स्थित श्री ज्ञानज्योति आधारभूत विद्यालयमा स्वास्थ्यकर्मी सहित पुगेको एडभान्स हेल्थ केयर सेन्टरको टोलीले सम्पूर्ण विद्यार्थीहरु तथा अभिभावकहरूको रक्त समूह, सुगर, प्रेसर, आँखा र कान परीक्षण गरेको छ । यस्तै  विद्यालयलाई डिजिटल फिल्टर, प्राथमिक उपचार बाकस, अत्यावश्यक अन्य औषधिहरु र थर्मोमिटरहरू प्रदान गरिएको छ । 

 यस्तै सोही दिन फुर्केटार स्थित श्री सिरिजंंगा आधारभूत विद्यालयमा समेत विद्यार्थी तथा अभिभावकहरूको रक्त समूह, सुगर, प्रेसर, आँखा र कान परीक्षण गरिएको छ । साथै सम्पूर्ण विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गर्नुका साथै विद्यालयलाई कार्पेट, प्राथमिक उपचार बाकस, अत्यावश्यक अन्य औषधिहरु र थर्मोमिटरहरू प्रदान गरिएको छ ।

दुवै ठाउँमा गरेर ९० जनाको रक्तसमूह जाँच, ३८ जनाको मधुमेह, ३८ जनाको कोलेस्ट्रोल, १ सय ४० जनाको आँखा जाँच र ९० जनाको कान जाँच गरिएको संस्थाका सञ्चालक इश्वर शाक्यले जानकारी दिनुभयो । 

उहाँले लेटाङका सम्पूर्ण नीजि स्वास्थ्य संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तरगत खुलेर सहयोग गरेमा विकट ठाउँका जनतालाई ठूलो राहत मिल्ने बताउनुभयो । उहाँले रोगको पहिचान नै नगरी मृत्युवरण गर्नुपर्ने अवस्था आउन नदिन स्थानीय सरकारले पनि चासो दिनुपर्ने बताउनुभयो ।  

भिडियो समाचार हेर्न यो लिंकमा क्लिक गर्नुहोला । https://fb.watch/pOiHQICA1r/

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार