मुख्य समाचार
सम्पादक पोखरेलसहित विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित | प्रजातान्त्रिक आन्दोलनका योगदानकर्ताको सम्मान अपरिहार्य : सभामुख यादव | तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता | खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना | एक दिनको चमत्कार: कञ्चनरूपको सुनाखरीले फेरि जगायो चासो | सप्तरीका किसानका समस्या संसदमा : अब कार्यान्वयनको चुनौती | कमला–कञ्चनपुर चार लेन सडक विस्तार कार्यमा चरम ढिलाइ | सप्तरी प्रशासनको कडा कदम : सरकारी कार्यालय वरिपरि ‘बिचौलिया’ देखिए तुरुन्त कारबाही |

उर्लाबारीमा तेश्रो प्याव्सन स्पोर्टस् मीट हुँदै, पाँच सय विद्यार्थी सहभागी हुने

Kanchan24 1+ समाचार ( )
११ पौष २०८०, बुधवार

- निश्चल ढकाल

उर्लाबारी, ११ पुष । उर्लाबारी नगर प्याब्सनको आयोजनामा पुष १२ गतेदेखि १४ गतेसम्म ‘तेस्रो प्याब्सन स्पोर्टस मिट’ हुने भएको छ । आज उर्लाबारी ७ स्थित प्याब्सनको कार्यालयमा पत्रकार सम्मेलन गरि प्याप्सन उर्लाबारीले विद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञान सँगसँगै प्रयोगात्मक सिकाई प्रकृयालाई शारिरिक तन्दुरुस्तिसँग जोड्ने उद्देश्यका साथ स्पोर्टस् मिट गर्न लागिएको जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै उर्लाबारी नगर प्याब्सनका अध्यक्ष दिनेश पोख्रेलले मोफसलमा रहेका प्रतिभावान खेलाडी तथा खेलाडी हुने तिव्र इच्छा बोकेका विद्यार्थीहरुलाई ‘स्पोर्टस मिट’ मा सहभागी गराएर देश तथा अन्तर्राष्ट्रिय जगतसम्म आफ्नो प्रतिभा प्रदर्शन गर्न सक्ने बनाउने उद्देश्यका साथ प्रतियोगिता सञ्चालन गर्न लागिएको बताउनुभयो ।

उर्लाबारी ३ मंगलबारेमा रहेको प्रस्तावित उर्लाबारी रंगशालमा हुने प्रतियोगितामा उर्लाबारीमा रहेका २१ वटा सँस्थागत विद्यालयका ५ सय खेलाडी विद्यार्थीहरुको सहभागिता रहने प्याब्सन उर्लाबारीले जनाएको छ ।

प्रतियोगितामा कक्षा ८ सम्म छात्रहरुका लागि फुटसल, माध्यमिक तहका छात्रहरुका लागि फुटवल तथा छात्र र छात्रा दुवैका लागि भलिवल प्रतियोगिता हुने जनाइएको छ ।  विजेता खेलाडी विद्यार्थीहरुले ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्ने तथा प्रतियोगिता संचालनका लागि अनुमानित ३ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

प्रतियोगिता सञ्चालनका लागि नगरपालिकाले १ लाख रुपैयाँ सहयोग गरेको तथा अन्य रकम खेलाडीको ईन्ट्री दस्तुर र बाँकी रहेको खर्च प्याब्सनले नै बेहोर्ने गरी व्यवस्थापन गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार