मुख्य समाचार
तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता | खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना | एक दिनको चमत्कार: कञ्चनरूपको सुनाखरीले फेरि जगायो चासो | सप्तरीका किसानका समस्या संसदमा : अब कार्यान्वयनको चुनौती | कमला–कञ्चनपुर चार लेन सडक विस्तार कार्यमा चरम ढिलाइ | सप्तरी प्रशासनको कडा कदम : सरकारी कार्यालय वरिपरि ‘बिचौलिया’ देखिए तुरुन्त कारबाही | बादलको अभिव्यक्तिले एमालेमा तरंग | मालपोत कार्यालय सप्तरीबाट लेखापढी व्यवसायी पक्राउ |

लागूऔषध
एक सय ३७ किलो ७६ ग्राम गाँजा सहित एक जना मानिस पक्राउ

Kanchan24 312+ समाचार ( )
१७ वैशाख २०८२, बुधवार

कञ्चनरूप सप्तरी प्रहरीले दुई स्थानबाट १ सय ३७  किलो ७६ ग्राम लागूऔषध गाँजा बोकेको २ वटा सबारीसाधन सहित १ जनालाई पक्राउ गरेको छ । 
लागूऔषध गाँज लोड गरी बुधबार बिहान ३ बजे तिरहुत गाउँपालिका–२ बडाहरामा दक्षिण तर्फ जाँदै गरेको प्र १–०२–००३–ह २९३४ नम्बरको अटोलाई प्रहरीले चेकजाँच गर्दा बोरामा ५८ केजी प्रतिबन्धित लागूऔषध  गाँजा बरामद गरेको प्रहरीले जनाएको छ । 
बरामद गाँजा तथा अटो चालक उदयपुर बेलका नगरपालिका–३ का ४१ वर्षीय जयराम दाहाललाई इलाका प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा राखी आवश्यक कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसैरी वैशाख १६ गते मंगलबार राति पूर्वपश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको कञ्चनरूप नगरपालिका वडा नम्बर–२ बरमझियाबाट इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले स.१.ह.१७१६ नम्बरको अटोमा शङ्का लागी रोक्न खोज्दा चालक अटो छाडेर फरार भएका थिए ।
अटो नियन्त्रणमा लिएर जाँच गर्दा त्यसमा ३ ओटा बोरा, १ कालो सुटकेस र १ रातो झोलाभित्र ७९.७६ केजी लागूऔषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा सूचना अधिकारी डीएसपी  जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।  
बरामद गरिएको अटो र गाँजा  इलाका प्रहरी कार्यालय कञ्चनपुरमा राखिएको छ भने फरार चालकको खोजी जारी राखिएको तथा थप अनुसन्धान भइरहेको डीएसपी बस्नेतले जानकारी दिए ।
 
प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार