मुख्य समाचार
रूपनगरमा न्यायाधीश र विद्यार्थीबीच कानुनी साक्षरतासम्बन्धी अन्तर्क्रिया | सप्तकोशीमा अपाङ्गता भएका ४० जनालाई सहायक सामग्री वितरण | हटैलमा लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम सम्पन्न | सप्तरीका पत्रकारले सरकारी विज्ञापन नीति विरुद्ध प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाए | सम्पादक पोखरेलसहित विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित | प्रजातान्त्रिक आन्दोलनका योगदानकर्ताको सम्मान अपरिहार्य : सभामुख यादव | तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता | खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना |

सप्तरी विकासको दृष्टिकोणले धेरै पछाडि परेको छ ः उपप्रधानमन्त्री उपेन्द्र यादव

Kanchan24 316+ समाचार ( )
२४ चैत्र २०८०, शनिबार

राजविराज । जनता समाजवादी पार्टी  (जसपा) अध्यक्ष एवम् उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सप्तरी विकासको दृष्टिकोणले धेरै पछाडि परेको छ, गरिबी र बेरोजगारी समस्याले झनै डर लाग्दो रूप धारण गरेको बताएका छन ।

जनता समाजवादी पार्टी सप्तरीद्वारा राजविराजमा शुक्रबार आयोजित स्वागत तथा सम्मान कार्यक्रमलाई  सम्बोधन गर्दै यादवले विकास भए मात्र गरिबी र बेरोजगारी अन्त्य हुने भएकाले विकासका लागि आवश्यक वातावरण निर्माण गर्नु नागरिकको पनि दायित्व भएको बताए ।

सप्तरीमा विकासको कामलाई समेत अवरोध गर्ने नियतबस विरोध गर्ने विचित्रको परिपाटी देखिएको भन्दै उनले यस्ता खाले विकास विरोधी प्रवृत्तिलाई निरुत्साहित गर्न जनता जागरुक हुनु जरुरी रहेको बताए ।

सदरमुकाम राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पताललाई देशकै नमूना अस्पतालको रुप दिने आफ्नो लक्ष्य रहेको बताउँदै उनले आफूले राखेको उद्देश्य अनुसार भवन निर्माणको कार्यक्रम सम्पन्न भई सकेको र छिट्टै हस्तातरण हुने तथा त्यस पश्चात जाँचका आधुनिक उपकरणहरू जडान हुने बताए । गजेन्द्र नारायण सिंह अस्पताल नयाँ भवनमा सञ्चालन भएलगत्तै राजविराज नगरपालिका वडा नम्बर १० स्थित रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यले पनि तिव्रता पाउने उनले विश्वास व्यक्त गरे । 

रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकासको मुख्य आधार गजेन्द्रनारायण सिंह अस्पतालको स्तर उन्नति भएको बताउँदै उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री यादवले सप्तरीवासीले विकासको वातावरण बनाउनुपर्नेमा जोड दिए ।  

सदरमुकाम राजविराजलाई आधुनिक शहरको रुपमा विकास गर्ने र त्यसको लागि रिङ्गरोड लागतका कामहरू सञ्चालनमा रहेको भन्दै उनले समग्र सप्तरीको विकासको लागि सडक सञ्जाल अपरिहार्य हुने बताए ।

‘विचार र राजनीतिक विरोध हुन्छ । तर विकासको गतिलाई अवरोध गर्नु राम्रो होइन । वास्तवमा विकासको विरोध गर्नेहरू सामाजिक अवरोधक हुन्,’ स्वास्थ्यमन्त्री यादवले भने, ‘विकासको अनुकुल वातावरण बनाई दिनुस्, वर्तमान सरकार विकासको गतिलाई तिव्रताका साथ अगाडि बढाउन चाहन्छ ।’ 

यादवले संघीय लोकतान्त्रिक गणतन्त्र बचाउने जिम्मेवारी मधेशी जनताको काँधमा आएकोले यसको अगुवाइ लिई हिमाल, पहाड र मधेशका उत्पीडन , विभेद र अन्यायमा परेको जनता एकठाउँमा आएर राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने आवश्यकता ओल्याए । 

जिल्ला अध्यक्ष केदार प्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा संघीय सांसद रञ्जु ठाकुर, मधेश प्रदेश सरकारका पूर्व अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, प्रदेश सांसद अनिरुद्ध प्रसाद सिंह यादव, राजनीतिक समिति सदस्य विनोद चौधरी, संघीय सल्लाहकार समितिका सदस्य शैलेश चौधरी, केन्द्रिय सदस्य रमिला देवी साह, मधेश  प्रदेश समितिका मुख्यसचिव दिनेश कुमार यादव,  राजविराज नगरपालिकाका  नगर प्रमुख भिमराज यादव, कार्यवाहक नगर प्रमुख इसरत परविन, समाजवादी युवा संघका केन्द्रिय सदस्य राहुल कुमार राय ,प्रेम मञ्च सप्तरीका अध्यक्ष भुषण सिंह,  समाजवादी विद्यार्थी संघ सप्तरीका अध्यक्ष सजय यादव, जसपा सप्तरी क्षेत्र नम्बर १ का अध्यक्ष एवम् तिरहुत गाउँपालिकाका निवर्तमान अध्यक्ष मनोज बहरखेड यादव, राजविराज नगरपालिका २ का वडा अध्यक्ष अरुण कुमार यादव लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार