मुख्य समाचार
सप्तरीको बदगामामा बस दुर्घटना हुँदा तीन जनाको ज्यान गयो | राष्ट्रिय मानवअधिकार आयोगसँग निष्पक्ष छानबिन गर्न पत्रकार महासङ्घ, सप्तरीको आग्रह | एमाले सप्तरी अधिवेशनको पूर्व सन्ध्यामा नेता प्याकुरेललाई कारवाहीको माग | पत्रकार महासङ्घ सप्तरीद्वारा दीप प्रज्ज्वलन | हनुमाननगर कङ्कालिनी नगरपालिकाले किसानको खेत खेतमा निःशुल्क बिजुली व्यवस्था | महुलीमा मोटरसाइकल दुर्घटना हुँदा वन कर्मचारीको मृत्यु | तिरहुत गाउँपालिकाकी उपाध्यक्ष सहित ११ जनाले भ्रष्टाचार मुद्दामा सफाइ पाए | कञ्चनरूपको बदगामा मोटरसाइकल दुर्घटनामा घाइते अर्का एक युवकको पनि मृत्यु | राजावादीहरू आन्दोलनको नाममा अराजक गतिविधि देखाए : माधव कुमार नेपाल | रूपनगरमा ग्रामीण महिलाको लैङ्गिक हिंसा तथा क्षमता विकास तालिम सम्पन्न |

त्रिशूलीमा खसेका एक यात्रुको शव नारायणीमा भेटियो

Kanchan24 175+ समाचार ( )
२९ आषाढ २०८१, शनिबार

चितवन । चितवनको भरतपुर महानगरपालिका-२८ गोलाघाटस्थित नारायणी नदीमा एक व्यक्तिको शव भेटिएको छ।

हिजो शुक्रबार सीमलतालमा दुईवटा बस त्रिशूलीमा डुबाउँदा बसमा सवार यात्रुहरू खोज्ने टोली परिचालन भइरहेको अवस्थामा नारायणी नदी बीचमा एक पुरुषको शव भेटिएको हो।

चितवनका प्रहरी प्रमुख एसपी भावेश रिमालका अनुसार नदी बीचमा तैरिरहेको अवस्थामा स्थानीय व्यक्तिले शव देखेपछि प्रहरीलाई खबर गरिएको हो।

करिब ३०/३५ वर्ष जतिको पुरुष व्यक्तिको शव भेटिएको जनाइएको छ।

मृत भेटिएका व्यक्तिको पर्सबाट ग्लोबल आइएमई बैँकको ऋषि पल साह नामको एटीएम कार्ड पनि भेटिएको छ। उनी भारतीय नागरिक ऋषि साह रहेको खुलेको छ। 

उनको साथमा रहेको रासन कार्डको आधारमा शवको पहिचान गरिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ।  यद्यपि, शव दुर्घटनामा मृत्यु भएका व्यक्तिको हो होइन यकिन भइसकेको छैन।

शव भेटिएको स्थान बस खसेको भन्दा झण्डै ५० किलोमिटर तल भेटिएको ह‍ो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार