मुख्य समाचार
एक दिनको चमत्कार: कञ्चनरूपको सुनाखरीले फेरि जगायो चासो | सप्तरीका किसानका समस्या संसदमा : अब कार्यान्वयनको चुनौती | कमला–कञ्चनपुर चार लेन सडक विस्तार कार्यमा चरम ढिलाइ | सप्तरी प्रशासनको कडा कदम : सरकारी कार्यालय वरिपरि ‘बिचौलिया’ देखिए तुरुन्त कारबाही | बादलको अभिव्यक्तिले एमालेमा तरंग | मालपोत कार्यालय सप्तरीबाट लेखापढी व्यवसायी पक्राउ | सप्तरीमा प्रतिबन्धित औषधिसहित युवक पक्राउ | राजविराजमा डोजरको गर्जन : वर्षौँदेखि सडक निल्ने संरचनामाथि अन्ततः नगरपालिकाको प्रहार | कञ्चनरूपमा आर्या फर्माल्याबको पारा–मेडिकल कार्यक्रम , स्वदेशी औषधिको गुणस्तरमा जोड | सडकमा आन्दोलन,नेताका सन्तान विदेशमा, कार्यकर्ताका सन्तान खाडीमा |

शनिबार वडा नं ३ र वडा नं ८ बीच प्रतिस्पर्धा हुने
मेयर कप फुटबल : लेटाङ-५ द्वारा लेटाङ-१ ३-१ ले पराजित

Kanchan24 1+ समाचार ( )
१५ आषाढ २०८०, शुक्रबार

मोरङ । लेटाङमा जारी दोस्रो मेयर कप फुटवल प्रतियोगितामा वडा १ लाई पराजित गर्दै वडा नम्बर ५ क्वाटरफाइलनमा प्रवेश गरेको छ । आज असार १५ गते भएको खेलमा वडा नं ५ ले वडा नं १ लाई १ का विरुद्ध ३ गोलले पराजित गर्दै क्वाटर फाइलनमा पुगेको हो । वडा नम्बर ५ को तर्फबाट जर्सी नं ७ का गणेश कार्कीले २ गोल र जर्सी नं ९ का मोदी राईले १ गोल गरे भने वडा १ को तर्फबाट जर्सी नं २ का युकेश लिम्बूले सान्त्वना गोल फर्काए । आजको खेलको म्यान अफ द म्याच वडा न. ५ का खेलाडी गणेश कार्की घोषित भए ।

आज विजयी भएको वडा नम्बर ५ ले आइतबार हुने क्वाटरफाइलन खेलमा वडा नम्बर ४ को सामना गर्नेछ । अन्य टीमहरुले सिधै क्वाटरफाइलन खेल खेलिरहँदा वडा नम्बर ५ ले भने वडा नम्बर ८ लाई पराजित गरेर मात्रै क्वाटरफाइनलमा स्थान बनाएको हो । 

 लेटाङ नगरपालिका वडा नं ३ स्थीत कमलपुर खेल मैदानमा संचालन भइरहेको प्रतियोगिता अन्तरगत भोलि शनिबार वडा नं ३ र वडा नं ८ बीच प्रतिस्पर्धा हुनेछ । घरेलु मैदानमा मेयर कप खेल्ने अवसर पाएको वडा नम्बर ३ लाई उपाधि दाबेदारको रुपमा समेत लिने गरिएको छ ।

नगरका ९ वटै वडा सहभागि प्रतियोगिताको फाइनल खेल भने असार २२ गते हुनेछ । प्रतियोगिताबाट छनौट भएका खेलाडीहरुलाई समेटेर नगर स्तरीय फुटबल टीम तयार गर्ने योजना रहेको नगर खेलकुद विकास समितिका सदस्य सचिव कृष्णराज राईले जानकारी दिनुभयो । प्रतियोगितामा उपाधि विजेता टीमले नगद १ लाख ३५ हजार र उपविजेता टीमले ६५ हजार पुरस्कारसहित ट्रफि पाउने छन् ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार