मुख्य समाचार
सप्तरीका पत्रकारले सरकारी विज्ञापन नीति विरुद्ध प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाए | सम्पादक पोखरेलसहित विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित | प्रजातान्त्रिक आन्दोलनका योगदानकर्ताको सम्मान अपरिहार्य : सभामुख यादव | तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता | खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना | एक दिनको चमत्कार: कञ्चनरूपको सुनाखरीले फेरि जगायो चासो | सप्तरीका किसानका समस्या संसदमा : अब कार्यान्वयनको चुनौती | कमला–कञ्चनपुर चार लेन सडक विस्तार कार्यमा चरम ढिलाइ |

राजविराजमा अन्तरक्रियासहित मनाइयो ११६औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

Ambika Dahal 19+ समाचार ( )
२६ फाल्गुन २०८२, मङ्गलबार

राजविराज । ११६औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा राजविराज जेसीजले अन्तरक्रिया कार्यक्रम आयोजना गरी दिवस मनाएको छ।

अवकाश प्राप्त पूर्व शिक्षिका मञ्जु श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उनले महिलाहरू शिक्षाको कमी र आर्थिक रूपमा कमजोर हुँदा हिंसाको शिकार हुने गरेको बताइन्। उनले बालिकाहरूले उमेर पुगेपछि मात्र विवाह गर्नुपर्ने र शिक्षा हासिल गरी आत्मनिर्भर बनेपछि विवाह गरे जीवन सुखी हुने धारणा राखिन्।

कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेशकी वरिष्ठ उपाध्यक्ष अम्बिका दाहालले महिलाले सबैभन्दा पहिले शिक्षा हासिल गर्नुपर्ने, त्यसपछि आर्थिक रूपमा सक्षम भई समाजका सबै क्षेत्रमा सहभागिता बढाउनुपर्ने बताइन्। उनले भविष्यमा महिलाको प्रतिनिधित्व ५० प्रतिशतसम्म पुर्‍याउनुपर्ने आवश्यकता औंल्याइन्।

कानुन व्यवसायी मनु खनालले दहेज र बालविवाहका कारण मधेशका धेरै महिलाहरू पीडित हुने गरेको उल्लेख गर्दै महिलाले कानुनी ज्ञान पनि हासिल गर्नुपर्नेमा जोड दिइन्।

त्यसैगरी मानव अधिकारका लागि महिला, एकल महिला समूहकी केन्द्रीय सचिव अनिता देवकोटाले एकल महिलाका अधिकार सुनिश्चित गर्न लामो समयदेखि आन्दोलन हुँदै आएको र पछिल्लो समय सरकारले केही राहतका कार्यक्रम ल्याएको बताइन्।

राजविराज जेसीज २०२६ का अध्यक्ष रवि रायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागी अतिथिहरूलाई ‘टोकन अफ लभ’ प्रदान गरिएको थियो। कार्यक्रममा जेसीजकी पूर्व अध्यक्ष पिंकी राय, समाजसेवी पुनम पोखरेल , नेवा: महिला तथा बालबालिका बचत समूहकी कोषाध्यक्ष सुशीला श्रेष्ठ र सरस्वती कार्कीलगायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार