मुख्य समाचार
ट्रकको ठक्करबाट एक साइकल यात्रीको मृत्य | रुपनी–छिन्नमास्ता सडक निर्माण चाँडै सम्पन्न गराउन सक्रिय पालिका अध्यक्ष चौधरी | खाँडो खोलामा युवक मृत भेटिए | १४ सूत्रीय माग राखी डाक्नेश्वरीमा नगर प्रमुखलाई ज्ञापनपत्र | आफ्नो अधिकार के हो भन्ने बुझ्न जरुरी छ । | कञ्चनरूप कार्यपालिकाको नाममा अन्तरिम आदेश जारी नहुने आदेश जारी | बैंकमा कार्यरत सुरक्षागार्डको हत्या आरोपमा एक पक्राउ | कञ्चनरूप पडेमारामा अग्निपीडितलाई भाडा वर्तन लगायत सामग्री प्रदान | सरकारमा बसेर देश जनतालाई बेबकुफ बनाउँदै गरेको कांग्रेस नेताको आरोप | अनुगमन टोली आउँदा राजविराजका औषधि पसलेहरू सटर बन्द गरेर भागाभाग |

विराटनगरका मेयर कोइरालाले लत्रिएको तार आफै बाँध्न थालेपछि ....

Kanchan24 1+ समाचार ( )
१ जेठ २०८०, सोमबार

विराटनगर । विराटनगर महानगरपालिकाको बजेटबाट सञ्चालित योजनाहरुको अनुगमनका क्रममा विराटनगर–६ केशलिया रोड उत्तर पुग्नु भएका मेयर नागेश कोइरालाले जब लत्रिएको तारमा मोटरसाइकल चालक अल्झिएको देख्नु भयो तुरुन्तै उहाँले आफैं डोरी खोजेर लत्रिएको तार बाँध्नुभयो । 

चालु आर्थिक वर्षको बजेटबाट सम्पन्न योजनाहरुको अनुगमनमा मेयर नागेश कोइराला सोमबार बिहान ६ बजे नै निस्कनु भएको थियो । वडा नम्बर १, २, ७ र ९ नम्बर वडाका योजनाहरुको अनुगमनपछि ६ नम्बर वडा पुग्नु भएको थियो ।

अनुगमनका क्रममा जब लत्रिएको तारमा मोटरसाइकल चालक अल्झिएको देख्नु भयो उहाँले तुरुन्तै छेउको घरमा पुगेर डोरी माग्नु भयो र बाँध्न थाल्नुभयो । त्यसपछि उपमेयर शिल्पा निराला कार्की  र वडा नम्बर ७ का वडाध्यक्ष मधुबाबु तिवारीले पनि लत्रिएको तार बाँध्न थाल्नुभयो । 

मेयर कोइरालाले सबै काम महानगरले गर्न नसक्ने भएकाले यस्ता सानातिना काम स्थानीयले गर्नुपर्नेमा जोड दिनुभयो । मेयर कोइरालाले यसरी लत्रिएको तार आफैंले पनि बाँध्न सकिने र सम्भावित दुर्घटनाबाट बच्न सकिने उल्लेख गर्नुभयो ।

उहाँले विराटनगरवासीमा अझै सचेतना जगाउन नसकिएको बताउनुभयो । आइतबार आएको हावाहुरीका कारण केवल र नेटको तार लत्रिएको स्थानीयको भनाइ थियो । तारमा अल्झिँदै हिंड्नुभन्दा स्थानीय आफैंले तत्कालका लागि व्यवस्थापन गर्न उहाँले आग्रह गर्नुभयो । महानगरपालिकाले लत्रिएका तारको व्यवस्थापन गर्ने अभियान नै सञ्चालन गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार